ट्रम्पद्वारा थप देशहरूमा ४०% सम्म नयाँ महसुल घोषणा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना व्यापारिक साझेदारहरूमाथि दबाब बढाउँदै, केही देशका प्रमुखहरूलाई पत्र पठाएर नयाँ महसुल (ट्यारिफ) दरबारे जानकारी दिएका छन् । तर त्यसै समयमा ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी चीनबाहेक सबै “पारस्परिक” महसुलहरू लागू हुने मिति अगस्ट १ सम्म लम्ब्याएका छन्। ती “पारस्परिक” महसुलहरू बुधबारदेखि लागू हुने अपेक्षा गरिएको थिय...


