काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद बिच खेल हुँदैछ । खेल साँझ ७ः४५ बजेदेखि महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनेछ । 

पञ्जाबले आईपीएलमा हैदराबादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औँ सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका छन् भने दुवैले २–२ खेलमा हार बेहोरेका छन् । दुवै टोलीको ४/४ अङ्क छ । हैदराबाद अङ्क तालिकामा पाँचौँ र पञ्जाब छैटौँ स्थानमा छ।

henrich klassen
  • पञ्जाब हेड टु हेडमा अगाडि

आईपीएलमा यी दुई टोलीबिच हालसम्म २१ खेल खेलिएका छन् । जसमध्ये पञ्जाबले १४ खेल जितेको छ भने हैदराबादले ७ जितेको छ । 

दुई टोलीबिचको अन्तिम खेल २०२३ मा हैदराबादमा भएको थियो, जहाँ हैदराबाद ८ विकेटले विजयी भएको थियो। त्यस्तै, मोहालीमा अन्तिम पटक दुई टोली सन् २०१९ मा भिडेका थिए, जहाँ पञ्जाबले खेल ६ विकेटले जितेको थियो।

  • हैदराबादका क्लासेनको सर्वाधिक रन

हैदराबादका ब्याट्सम्यानले यो वर्ष राम्रो प्रदर्शन गरेका छन् । अभिषेक शर्मा, ट्राभिस हेड, हेनरिक क्लासेन र एडेन मार्क्रमजस्ता खेलाडीले लगातार बलरमाथि हमला गर्दै टोलीलाई उत्कृष्ट सुरुवात गराए ।

टोलीका शीर्ष ब्याट्सम्यान क्लासेन हुन् । उनले ४ खेलमा २ अर्धशतकसहित १७७ रन बनाएका छन् । बलिङमा टी नटराजनले सर्वाधिक ४ विकेट लिएका छन् । अर्कोतर्फ, जयदेव उनाडकट, मयंक मार्कण्डे र भुवनेश्वर कुमार जस्ता खेलाडी भने यो वर्ष अलि महँगो साबित भएका छन् ।

  • पञ्जाबमा धवनको सर्वाधिक रन, अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक

पञ्जाबसँग शिखर धवन, जोनी बेयरस्टो, लियाम लिभिङ्स्टन जस्ता आक्रामक ब्याट्सम्यान छन् । तर कप्तान धवनबाहेक अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले लगातार राम्रो प्रदर्शन गर्न सकेका छैनन् । 

पञ्जाबले आफ्ना भारतीय खेलाडी प्रभसिमरन सिंह र जितेश शर्माले जिम्मेवारी लिने र अनक्याप शशाङ्क सिंहजस्ता खेलाडीले ठुलो इनिङ्स खेल्ने आशा राख्नेछ।

kagiso rabada

पञ्जाबका लागि बलिङ पनि चिन्ताको विषय बनेको छ । डेथ ओभरमा सङ्घर्षरत पञ्जाब टोलीका लागि कागिसो रबाडाले  सर्वाधिक ६ विकेट लिएका  छन् ।

  • पिच रिपोर्ट

यो सिजन आईपीएलमा दोस्रो खेल मात्र मोहालीको नयाँ मैदानमा हुँदैछ । यसअघि यहाँ पञ्जाबले दिल्ली क्यापिटल्सको सामना गरेको थियो । खेलमा पञ्जाबले २० औँ ओभरमा १७५ रनको लक्ष्य पुरा गरेको थियो । 

यहाँ सैयद मुश्ताक अली टी-२० ट्रफीका खेलहरू पनि खेलिएका थिए । जसमा औसत स्कोर १ सय ७४ रन मात्रै रह्यो । पिच सुस्त हुने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्न पनि सक्छ ।

  • मौसम रिपोर्ट

मौसम सफा रहनेछ । तापक्रम ३२ देखि ३३ डिग्रीको बिचमा रहनेछ। पानी पर्ने सम्भावना छैन ।

  • सम्भावित प्लेइङ इलेभन

पञ्जाब किंग्स: शिखर धवन (कप्तान), जोनी बेयरस्टो, प्रभसिमरन सिंह, साम करन, जितेश शर्मा (विकेटकिपर), शशाङ्क सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल र अर्शदीप सिंह।

इम्प्याक्ट प्लेयर – राहुल चाहर, लियाम लिभिङ्स्टन र सिकन्दर रजा।

hydrabad

सनराइजर्स हैदरावाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, शाहबाज अहमद, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, नितिश कुमार रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

Please share us on:

तपाईको प्रतिक्रिया