
१.जिल्ला संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध भएको छ । यहि मिति २०८२।०२।०६ गते अ. ००ः०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अबरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने भएको छ ।
२.वि.पि. राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने सडक रातिको समयमा ३०(तीस) दिन बन्द हुनेछ । हाल देशमा मनसुन सक्रिय भएकोले बर्षातका कारण विपदको घटना हुन नदिनको लागी मिति २०८२÷०३÷२१ गते देखी मिति २०८२÷०४÷१८ गते (बेलुका १८ः३० देखि विहान ०५ः०० बजे)सम्म वि.पि. राजमार्गको सिन्धुली–खुर्कोट–काठमाण्डौ जाने÷ आउने सम्पुर्ण सवारी साधनलाई आवागमनमा रोक लगाईएको ब्यहोरा जानकारीको लागि अनुरोध ।
३. रुकुम पश्चिम, आठबिसकोट न.पा. ६ रिजिगार खोलामा जाजरकोट–डोल्पा सडक खण्ड (भेरी करिडोर) अबरुध्द भएको छ ।
मिति २०८२÷०३÷०९ गतेका दिन १०ः२० बजेको समयबाट रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट–डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको, पानीको वहाब घटे पश्चात् मात्र सडक सञ्चालन हुनेछ ।
श्रोत : नेपाल प्रहरी





