काठमाडौँमा ’जेन–जी’ युवा र सुकुम्बासीहरूको संयुत्त आन्दोलन

संवाददाताकाठमाडौँ, २९ असार २०८३ (१३ जुलाई २०२६)काठमाडौँ — राजधानीको माइतीघर मण्डलामा ’जेन–जी’ पुस्ताका युवा अधिकारकर्मी, राइड–शेयरिङ चालक तथा सुकुम्बासी मोर्चाको संयुक्त विरोध प्रदर्शनका कारण मुख्य प्रशासनिक क्षेत्र तनावग्रस्त बनेको छ । विगत केही दिनदेखि सुरु भएको यो आन्दोलनले सोमबार पनि निरन्तरता पाएको छ ।
आन्दोलनको मुख्य कारण र पृष्ठभूमि गएको हप्ता राहदानी विभाग अगाडि एक २५ वर्षीय राइड– शेयरिङ चालक गणेश नेपालीले ट्राफिक तथा नगर प्रहरीको व्यवहार र आर्थिक संकटबाट आजित भई आत्मदाह गरेपछि युवाहरू सडकमा उत्रिएका हुन ्। यसैबीच, कीर्तिपुरको अस्थायी शिविरमा राखिएका भूमिहीन सुकुम्बासीहरूको बस्तीमा वर्षाको बाढी पसेपछि अव्यवस्थाको विरोध गर्दै ’संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा’ र युवाहरूले सरकारविरुद्ध संयुक्त मोर्चाबन्दी गरेका छन ् । आजको प्रदर्शन र प्रहरी हस्तक्षेपको कारण काठमाडौँको माइतीघरमा भेला भएका आन्दोलनकारीहरूले “गरिबमाथिको दमन बन्द गर“, “फ्यासिस्ट सरकार मुर्दावाद“, र “सुकुम्बासीलाई सुरक्षित आवास देऊ“ जस्ता नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरू वीर अस्पतालतर्फ अगाडि बढ्न खोज्दा भद्रकाली क्षेत्रमा प्रहरीले अवरोध सिर्जना गरेको थियो । शनिबार र आइतबार कीर्तिपुर र काठमाडौँका विभिन्न स्थानबाट दर्जनौँ युवा अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि आन्दोलन थप चर्किएको हो । नागरिक समाज र प्रतिपक्षी दलहरूले शान्तिपूर्ण रूपमा आवाज उठाउन पाउने नागरिकको लोकतान्त्रिक अधिकारमाथि सरकारले हस्तक्षेप गरेको भन्दै तीव्र आलोचना गरेका छन ्। महानगर र सरकारको प्रयास बढ्दो जनआक्रोश र आन्दोलनका बीच काठमाडौँ महानगरपालिका र स्थानीय प्रशासनले मृतक गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति गरेको छ । सहमति अनुसार मृतककी श्रीमतीलाई योग्यता अनुसारको रोजगारी र छोरीको उच्च शिक्षाको खर्च महानगरले बेहोर्ने छ।त्यस्तै, सरकारी टोलीले विस्थापित सुकुम्बासीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक प्रमाणीकरण पछि जग्गा धनीपूर्जा वितरण गर्ने आश्वासन दिएको छ । यद्यपि, आन्दोलनकारी युवाहरूले भने सरकारको आश्वासन तत्काल कार्यान्वयन नभएसम्म र पक्राउ परेका सबै अभियन्ताहरूलाई बिनासर्त रिहा नगरेसम्म आन्दोलन नरोकिने अडान राखेका छन ्।

Please share us on:

तपाईको प्रतिक्रिया