नेकपा (एकीकृत समाजादी) धादिङ काठमाडौँ सम्पर्क मञ्चले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नेकपा एमालेसँग कुनै पनि हालतमा पार्टी एकता नहुने बताउनुभयो । ओलिले समाजबादीलाई मिलाउन होईन निल्न चै आटेको र त्यस्तो सपना नदेख्ने आग्रह गर्नु भयो । एमाले पनि आफनै बलबुताले बनाएको र समाजबादीलाई बनाउने हिम्मत भएको र त्यो कार्य निरन्तर जारी रहेको बताउनु भयो । गठबन्धन प्रति आफु खुशी नभएको बताउनुभययो र एमालेसँग पार्टी एकता पनि नहुने ठोकुवा गर्नुभयो अहिलेको गठबन्धनविरुद्ध आक्रमक तरिकाले प्रस्तुत भएका पाण्डेले अहिलेको सरकारले केहि गतिलो काम गर्न नसक्ने पनि जिकिर गर्नुभयो । गठबन्धन भने गाडिको पाँग्रा हो भने समाजबादी भनेको सियो हो । सियोले टायरलाई घाचिदिया भने त्यो पाँग्राको काम नलाग्ने हुन्छ त्यसकारण समाजबादीको मागलाई कम नआक्न अग्रह गुर्न भयो । साथै उहाँ सम्पर्क मञ्चको क्रियाशिलता प्रति आफु खुशी भएको पनि बताए अब यो सक्रियतालाई शहरदेखि गाउँसम्म बढाउन आग्रह गरे । उक्त कार्यक्रममा एकीकृत समाजबादीको पोलिट ब्युरो सदस्य गुरु प्रसाद बुर्लाकोटी तथा जिल्ला पार्टी कमिटीका अध्यक्ष शिवराज कडेंल समेत शुभकामना दिनु भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्ष सम्पर्क मञ्चको अध्यक्ष विजय श्रेष्ठले गर्नु भएको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया