नेकपा (एकीकृत समाजबादी) धादिङ— काठमाडौँ सम्पर्क मञ्चले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मनमोहन हस्पिटलमा आयोजित कार्यक्रममा पार्टी बरिष्ठ उपादक्ष राजेन्द्र पाण्डे तथा पार्टीको पोलिटब्युरो सदस्य गुरुबुर्लाकोटीको पनि उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रममा मञ्च लगायत विभिन्न जनवर्गीय संगठनमा कार्यरत नेता तथा कार्यकर्ता लगायत सवसाधराणको पनि उत्साहजन सहभागिता रहेको थियो ।


सधै भाषणमा मात्र रमाउने बानी परेको नेपाली कम्युष्टिहरुको यस्ता कार्य विरलै देख्न पाईन्छ । यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जान्छ ।त्यसै पनि पछिल्लो समय मानिसहरुमा सामाजिक भावनामा कमि आएको देखिन्छ ।

मानिसहरुलाई पछिल्लो समय आत्मकेन्द्रित हुदै जानुमा नेपाली राजनितिलाई दोषपण गर्न सकिन्छ । आजसम्मको कमजारीलाई पाठ मानेर अब जनताको कार्यमा लाग्ने र यस्तै खाले आम मानिसको मर्मसँग काध मिलाएर अगाडि बढ्ने हो भने पार्टीको भविष्य पनि उज्वल हुने र सामाजिक कार्य गर्न पनि हौसला मिल्ने मञ्चमा आबद्ध कार्यकर्ताले बताएका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया