अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना व्यापारिक साझेदारहरूमाथि दबाब बढाउँदै, केही देशका प्रमुखहरूलाई पत्र पठाएर नयाँ महसुल (ट्यारिफ) दरबारे जानकारी दिएका छन् । तर त्यसै समयमा ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी चीनबाहेक सबै “पारस्परिक” महसुलहरू लागू हुने मिति अगस्ट १ सम्म लम्ब्याएका छन्। ती “पारस्परिक” महसुलहरू बुधबारदेखि लागू हुने अपेक्षा गरिएको थियो। कतिपय अवस्थामा ट्रम्पले पठाएका पत्रहरूले अप्रिलमा तोकिएका स्तरभन्दा उच्च वा न्यून नयाँ “पारस्परिक” महसुल दर पनि उल्लेख गरेका छन्।सोमबार राति ह्वाइट हाउसमा भएको डिनरअघि नयाँ अगस्ट १ को मिति कत्तिको “पक्का” हो भन्ने प्रश्नमा ट्रम्प स्पष्ट थिएनन् । उनले भने, “म यसलाई पक्का नै भन्न चाहन्छु, तर सय प्रतिशत पक्का होइन ।यदि उनीहरूले फोन गरेर कुनै फरक तरिकाले गर्न चाहन्छन् भने हामी त्यसमा पनि खुला छौं ।”जापानका प्रधानमन्त्री शिगेरु इसिबा र दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ ट्रम्पका पत्र प्राप्त गर्ने पहिलो नेताहरू थिए । पत्रहरूका अनुसार यी दुवै देशहरूले अगस्ट १ देखि २५% महसुलको सामना गर्नेछन्। तर दुवै देशहरूले मंगलबार भनेका छन् कि उनीहरूले अमेरिकासँग थप वार्ता गर्ने योजना बनाएका छन् । जापानले भनेको छ कि उसले व्यापार सम्झौताको दिशामा काम गरिरहेको छ ।

ट्रम्पले मलेसिया, कजाकस्तान, दक्षिण अफ्रिका, म्यानमार र लाओसका नेताहरूलाई पनि यस्तै पत्र पठाइएको बताएका छन्, जसमा ४०% सम्मको नयाँ महसुल दरबारे जानकारी दिइएको छ । त्यसै दिन पछि, उनले ट्युनिसिया, बोस्निया र हर्जेगोभिना जहाँ ३० % महसुल लगाइने तयारी छ, इन्डोनेसिया, बङ्गलादेश, सर्बिया, कम्बोडिया र थाइल्याण्डका नेताहरूलाई पठाइएका थप सात वटा नयाँ पत्र सार्वजनिक गरे। यससँगै सोमबार पठाइएका पत्रहरूको संख्या १४ पुग्यो।
ती पत्रहरूमा ट्रम्पले अमेरिकासँग भएका व्यापार घाटाहरूलाई विशेष समस्या भएको बताएका छन्। यसको अर्थ अमेरिका ती देशहरूबाट बढी सामान किन्छ तर अमेरिकी व्यवसायहरूले ती देशहरूमा त्यति धेरै निर्यात गर्न पाउँदैनन्।
ट्रम्पले यो पनि भनेका छन् कि ती महसुलहरू अन्य नीतिहरूको प्रतिक्रियामा तोकिएका हुन्, जुन नीतिहरूले अमेरिकी सामानहरूलाई विदेशमा बेच्न अवरोध पुर्‍याउँछन्।उनले ती देशका नेताहरूलाई अमेरिका भित्रै उत्पादन गर्न प्रोत्साहित गरेका छन् ताकि महसुलबाट जोगिन सकियोस्।यो सबै जुलाई ९ तारिख बिहानको उनको प्रारम्भिक समयसीमा भन्दा पहिले भइरहेको छ। उक्त समयसीमामा सम्झौता नगरेका देशहरूले उच्च महसुलको जोखिम भोग्नुपर्ने बताइएको छ। त्यो मिति अप्रिलमा छोटो समयका लागि लागू गरिएको “पारस्परिक” महसुल स्थगनको अन्त्यको रूपमा पनि आएको छ। त्यसयता प्रभावित देशहरूले न्यूनतम १० % महसुलको सामना गर्दै आएका छन्।सबै १४ वटा पत्रहरूमा ट्रम्पले चेतावनी दिएका छन् कि यदि कुनै देशले अमेरिकामाथि आफ्नै महसुल लगाएर प्रतिशोध लिन्छ भने, उनी ती तोकिएका दरहरूभन्दा अझ उच्च महसुल पनि लगाउन सक्छन्। ट्रम्पले भनेका छन् कि यी दरहरू “सबै क्षेत्रगत महसुलहरूबाट अलग” हुनेछन्। यसको अर्थ, नयाँ महसुल हालको २५ % अटो महसुलमा थपिने छैन भन्ने कुरा ह्वाइट हाउसले पुष्टि गरेको छ। यो कुनै पनि भविष्यको क्षेत्रविशेष महसुलमा पनि लागू हुने ह्वाइट हाउसका एक अधिकारीले बताएका छन्।
युरोपेली संघसँग भएका धेरै व्यापारिक असहमति र यसअघि उनले पटक–पटक उच्च महसुलको धम्की दिएको भए पनि, उक्त व्यापारिक ब्लकले ट्रम्पबाट कुनै पत्र नपाएको देखिन्छ।“हामीले प्राप्त नगरेका पत्रबारे टिप्पणी गर्ने छैनौं,” युरोपेली आयोगका प्रवक्ता ओलफ गिलले सोमबार दिउँसो पत्रकारहरूलाई बताए।

आयरल्यान्डका विदेश तथा व्यापार मन्त्री साइमन ह्यारिसले सोमबार एक विज्ञप्तिमा भने, “मेरो बुझाइमा अब अगस्ट १ सम्म हालको अवस्थालाई यथावत् राख्ने तयारी छ, जसले ईयू र अमेरिकालाई दुवै पक्षका लागि लाभदायक हुने कुनै सैद्धान्तिक सम्झौता गर्न थप समय दिनेछ।राष्ट्रहरूको प्रतिक्रियापत्र प्राप्त गरेका धेरै देशहरूले समयसीमा लम्बिएको कुरालाई स्वागत गरेका छन् र अमेरिकासँग वार्ता जारी राखेर राम्रो सम्झौता गर्न इच्छुक देखिएका छन्।जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मंगलबार बिहान आफ्नो क्याबिनेट टास्क फोर्स बोलाएर टोकियोको गहिरो “दुःख व्यक्त” गरे कि अमेरिकी सरकारले थप महसुल लगाएको छ र महसुल दर बढाउने योजना घोषणा गरेको छ। उनले भने, जापानले अमेरिकासँग दुवै पक्षको हित हुने द्विपक्षीय व्यापार सम्झौता गर्न वार्ता जारी राख्नेछ।दक्षिण कोरियाको वित्त मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ कि उसले परिस्थितिको नजिकबाट अनुगमन गर्नेछ। तर उसले चेतावनी दियो कि यदि बजारको उतारचढाव “अत्यधिक” भयो भने सरकारले “तत्काल र साहसी कदम चाल्नेछ,” यद्यपि त्यस कदमको विवरण तत्काल दिइएको थिएन।थाइल्याण्ड ३६ % को उच्च महसुलको सामना गर्दैछ। तर त्यसका वित्त मन्त्री पिचाइ चुनहवाजिराले मंगलबार पत्रकारहरूलाई भने, “हामीले सद्भावपूर्वक प्रस्ताव पेश गरेका छौं” भन्दै बैंककले अझ प्रतिस्पर्धात्मक महसुल दर वार्ता गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए।मलेसिया, जसले २५५ महसुल दरको सामना गर्दैछ, पनि अमेरिकासँग “सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौता” गर्न “वार्ता जारी राख्ने” योजना बनाइरहेको छ, उसको व्यापार मन्त्रालयले मंगलबार ९रॉयटर्सलाई० भनेको छ।दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ह् मा लेख्दै कूटनीतिक प्रयासहरू जारी रहने बताए। उनले स्थानीय व्यवसायहरूलाई विविधीकरणको गति बढाउन आग्रह गरे। उनले यो पनि भने कि अमेरिकाले दक्षिण अफ्रिकाका लागि तोकेको ३०% महसुल दर “असत्य व्यापार तथ्यांकको आधारमा” गरिएको हो। CNN ले इन्डोनेसिया, कम्बोडिया, म्यानमार र कजाकस्तानका विदेश मन्त्रालयहरूसँग र बङ्गलादेशको वाणिज्य मन्त्रालयसँग प्रतिक्रिया मागेको छ।

दाउमा के छ र ?

अमेरिकी वाणिज्य विभागका तथ्यांकअनुसार, सोमबार पत्र प्राप्त गरेका १४ देशहरूबाट अमेरिकाले गत वर्ष ४द्धटछ अर्ब बराबरको सामान किन्यो। जापान र दक्षिण कोरिया, अमेरिकाका छैटौं र सातौं सबैभन्दा ठूला व्यापारिक साझेदार, त्यसको ६०५ हिस्सा ओगट्छन्। यी दुई देशले गत वर्ष अमेरिकालाई जम्मा ४द्दडण् अर्बको सामान पठाएका थिए।
यी सामानहरूमाथि उच्च महसुलले अमेरिकी उपभोक्ताका लागि मूल्य महँगो बनाउन सक्छ। उदाहरणका लागि, दक्षिण कोरिया र जापानबाट अमेरिकाले सबैभन्दा धेरै कार, अटो पार्ट्स, सेमिकन्डक्टर, औषधि र मेसिनरी आयात गर्छ। ट्रम्पले यी मध्ये धेरै क्षेत्रमा क्षेत्रगत महसुल लगाउने वा धम्की दिने गरेका छन्।अप्रिलमा जापान २४% महसुलको सामना गर्ने तयारीमा थियो भने दक्षिण कोरिया २५% महसुलको। अहिले दुवैले समान २५% महसुलको सामना गर्नेछन्।अन्य देशहरूले जापान र दक्षिण कोरियाभन्दा कम परिमाणमा सामान अमेरिका पठाए पनि, ती धेरैजसो शीर्ष स्रोत देशहरूमध्ये पर्छन्।उदाहरणका लागि, दक्षिण अफ्रिका, जसले ३०५ महसुलको सामना गर्नेछ, अमेरिकाले अन्य देशहरूबाट आयात गरेको प्लाटिनमको झण्डै आधा हिस्सा आपूर्ति गर्छ र यसको शीर्ष विदेशी आपूर्तिकर्ता हो।मलेसिया, जसले अप्रिलको २५% दरको सट्टा अहिले २४% महसुलको सामना गर्नेछ, गत वर्ष अमेरिकामा दोस्रो ठूलो सेमिकन्डक्टर आपूर्तिकर्ता थियो। अमेरिकाले त्यहाँबाट ४१८ अर्ब बराबरको सेमिकन्डक्टर किन्यो।त्यस्तै, बङ्गलादेश, इन्डोनेसिया र कम्बोडिया पहिरन र एसेसरीज निर्माणका प्रमुख केन्द्रहरू हुन्।कम्बोडियाका प्रधानमन्त्रीलाई ट्रम्पको पत्रले ३६५%महसुलको धम्की दिएको छ, जुन अप्रिलमा रोकिएको बेला लागू भएको दरभन्दा १३ प्रतिशत अंकले कम हो।

सेयर बजारमा गिरावट
ट्रम्पले पहिलो समूहका पत्रहरूको घोषणा गरेपछि सेयर बजार मध्यान्हतिर ओरालो लाग्न थाल्यो र म्यानमार, मलेसिया, कजाकस्तान, लाओस र दक्षिण अफ्रिकाजस्ता देशहरूमा २५५ देखि ४०५ सम्मका महसुल दरको घोषणा गर्दै जाँदा अझै गिरावट जारी रह्यो। यद्यपि ट्रम्पले देश(विशेष महसुलहरू क्षेत्रगत महसुलहरूसँग थपिने छैनन् भनेका छन्, जापान र दक्षिण कोरियामा ठूलो उत्पादन उपस्थिति भएका अटो कम्पनीहरूको सेयर मूल्य तीव्र गिरावटमा गएको छ। अमेरिकामा सूचीबद्ध जापानी अटोमोबाइल कम्पनीहरू— टोयोटा, निसान र होन्डाका सेयर मूल्य क्रमशः ४%, ७.१६५%र ३.८६% ले घटे।तर यी गिरावटहरूले सम्भवतः ट्रम्पले यदि ती देशहरूले २५५ महसुलको जवाफमा अमेरिकी सामानमा उच्च महसुल लगाउने प्रतिकार गरेमा, कारहरूमा थप महसुल लगाउन सक्ने सम्भावना बढेको संकेत दिन सक्छ।ट्रम्पले पत्रको अन्त्यमा लेखेका छन्स् “यी महसुलहरू हाम्रो सम्बन्धअनुसार माथि वा तल जान सक्छन्।”
डाउ जोन्स औद्योगिक सूचकांक ४२२ अंकले ९०.९४५०% घटेर बन्द भयो। S&P 500 सूचकांक ०.७९५% ले घट्यो र प्रविधि(प्रधान नास्डाक कम्पोजिट ०.९२५% ले घट्यो। यी तीन प्रमुख सूचकांकहरूले झन्डै तीन हप्तामै सबैभन्दा खराब दिन देखाए।यसैबीच, एशियाली सेयर बजारहरू मंगलबार बिहान स्थिर रूपमा खुले।

Please share us on:

तपाईको प्रतिक्रिया