मस्को,

रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र अमेरीकी राष्ट्रपति डोनाल्ट ट्रम्प बिच जी- २० शिखर सम्मेलनको आसपास भेट्ने वातावरणको विकाश हुदैँ गएको छ । क्रेमलिनको प्रवक्ता दमित्रि पेस्कोवले एक पत्रकार सम्मेलनमा बताएका छन् कि अब हामी अमेरीकी राष्ट्रपति र रुसी राष्ट्रपति भेटघाट गराउने समयको खोजीमा रहेको जानकारी दिएका छन् । समाचार एजेन्सी एफे के अनुसार यि दुई नेताको भेटघार जी २० सम्मेलन पहिले नै हुनसक्ने बताएको छ ।

जी २० सम्मेलन जुलाई ७/ ८ को लागि प्रस्तावित गरेको छ तर अहिले सम्म कुनै निर्णयमा पुग्न सकेको छैन् ।तथापी क्रेमलिनले यो मिति यहि भन्न नसकिने जानकारी दिए । यसभन्दा पहिले नै एक रेकजाविक शिखर सम्मेलनको तयारी भइरहेको जानकारी दिएको छ । आइसल्याण्डको राजधानी रेकजाविकमा ३० वर्ष पहिले नै अमेरीकी राष्ट्रपति राँनलड रिगन र सोवियत नेता मिखाइल गोर्बाचेव बिच ऐतिहासिक शिखर बैठक भएको थियो । पछिल्लो समय रुसी राष्ट्रपति पुटिनले अमेरीकी राष्ट्रपति लाई स्लावानियमा भेट्न इच्छुक रहेको बताएका थिए ।

स्लोवानिय ट्रम्प पत्नी मोलानियाको जन्मस्थान रहेको छ । रुसी विदेश मन्त्री सर्गे लावरोवले अमेरीकी राष्ट्रपतिले नयाँ विदेश मन्त्री रेक्स टिलरसनको साथ आफ्नो पहिलो भेटघाटपछि पुटिन र ट्रम्प सम्भावित भेटघाट हुन सक्ने बताएका छन् । यस्तै अमेरी नयाँ विदेश मन्त्री रेक्सले यि नेताको भेटघाट चाडैँ हुने बताएका छन् । हामीले दुबै नेतालाई उपयुक्त हुने समयमो खोजीमा जुटीरहेका छौ ।

Please share us on:

तपाईको प्रतिक्रिया