नेकपा (एकीकृत समाजादी) धादिङ काठमाडौँ-सम्पर्क मञ्चद्धारा २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ ।

आज काठमाडौको कुलेश्वरको सगुन पार्टी प्यालेसमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यामा भित्तेपात्रो विमोचन गरिएको हो । उक्त कार्यक्रममा बोल्दै पाण्डेले यो गठबन्धन प्रति आफु खुशी नभएको बताउनुभययो र एमालेसँग पार्टी एकता पनि नहुने ठोकुवा गर्नुभयो । पार्टी हामी आफै बनाउने हो । केपि ओलिको नितिको समाजबादीलाई निल्न सकिन्छ कि भनेर लागिपरेको तर त्यस्तो कार्य कदापि नहुने बताउनुभयो । अहिलेको गठबन्धनविरुद्ध आक्रमक तरिकाले प्रस्तुत भएका पाण्डेले अहिलेको सरकारले केहि गतिलो काम गर्न नसक्ने पनि जिकिर गर्नुभयो ।

साथै उनले सम्पर्क मञ्चको क्रियाशिलता प्रति आफु खुशी भएको पनि बताए अब यो सक्रियतालाई शहरदेखि गाउँसम्म बढाउन आग्रह गरे । उक्त कार्यक्रममा एकीकृत समाजबादीको पोलिट ब्युरो सदस्य गुरु प्रसाद बुर्लाकोटी तथा जिल्ला पार्टी कमिटीका अध्यक्ष शिवराज कडेंल समेत शुभकामना दिनु भएको थियो ।


उक्त कार्यक्रमको अध्यक्ष सम्पर्क मञ्चको अध्यक्ष विजय श्रेष्ठले गर्नु भएको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया