लण्डन,

क्रेसिदा डिक लण्डनको नयाँ पुलिस कमिशनर बनाइएको छ । स्कटल्याण्ड यार्डको १८८ वर्ष पुरानो इतिहासमा यो पदमा पुग्ने पहिलो महिला बनेकी छिन् । डिक यस भन्दा पहिला यहि फोर्सका साहायक कमिशार थिइन् । लण्डन मेट्रोपोलिसन पुलिस ब्रिटेनको सबै बढि र पुरानो पुलिस फोर्स हो ।

यसमा हाल ४३००० प्रहरीहरु रहेका छन् । ब्रिटेनको गृह सचिवले बताएका छन् कि ५६ वर्षिय डिकसँग मेट्रोपोलिसन पुलिसको भविष्यबारे स्पष्ट योजना रहेको छ । डिक स्थानिय विभिध समुदायबारे पनि राम्रो ज्ञान राख्दछिन् । विदेश मन्त्रालयमा जानको लागि डिकले २०१५ मा पुलिस फोर्स छोडेकि थिइन् भने २०१२ को ओल्पिकमा सुरक्षाको नेतृत्वमा पनि लिएकी थिईन् ।

स्कल्याण्ड यार्डमा उनको सहकर्मीहरु बिच उनको निकै सम्मान रहेको छ । २००५ मा लण्डन मब काण्डमा एक पुलिस अपरेशनमा जब ब्राजीले एक नागरिक डे मेनेजसको गल्तीले एक नागरिक मारिएको थियो । यस घटनामा उनलाई दोषि दखाइएको थियो भने धेरै आलोचना भएको थियो । तर एक वकिलले उनलाई निर्दोष सावित गरिदिएको थियो । तर मृतकका आफन्तले उनलाई यो पद दिन नहुने कुरा उठाइरहे का छन् । उनका परिवारले भनेका छन् डिकको नियुक्तिले सहि सन्देश गइरहेको छैन ।

Please share us on:

तपाईको प्रतिक्रिया