एजेन्सी,

चिनले अमेरीकालाई साउथ चाइना सि को बारेमा नबोल्न चेतावनी दिएको छ । चिनको विदेश मंन्त्रालको स्पोक्सपर्सन हुवा चुनयिङ बताएका छन् कि अमेरीका साउथ चाइना सिको कुनै पनि हिस्सेदार होइन् । यस मामिलाबारे अमेरीका टाढै बसेको राम्रो । राष्ट्र पतिमा ट्रम्प विजय भएपछि उनले भनेका छन् साउथ चाइना सि अमेरीकाको मात्रै नभएर पुरै विश्वको हक लाग्नेछ । हामीले विश्व समुदायलाई यसबारे भनिसकेका छौं । साउथ चाईना सिको बारे चिन बाहेक विश्व एक हुनेछ । यसै बिच साउथ चाइना सिमा फिलीपीन्सले मिलिटरी बेस बनाउने तयारी गरेका र यसमा अमेरीकाले साथ दिने बताउको छ

अमेरीकी भनाई,
ह्वाइट हाउसको प्रेस सेक्रेटरी शाँन स्पाइसरले बताएका छन् कि साउथ चाइना सिमा पुरै विश्वको हक लाग्ने छ । केबल चिन मात्र साउथ चाइना सि मा हक जमाउन पाउने छैन् । यस बारे सारा संसारलाई हक जमाउन दिनुपर्छ ।
साउथ चाइना सि खास देशहरुको सिमाना हो यस सिमानामा कुनै एक देशलाई मात्र हक जमाउन दिनु हुन्न । यसबो विश्व समुदायलाई विश्वास दिलाउनुपर्छ कि यो चिनको मात्र होइन् यसमा सबैले अधिार खोज्न सक्छन् ।
यसै विषयमा ट्रम्पले बताएका छन् कि अमेरीका कुनै हालतमा पनि चिनको एकलौटि शासन साउथ चाइना सि मा गर्न नदिने बताएका छन् ।
चिनको दावा,
साउथ चाइना सी बारे अमेरीका नबोलेकै राम्रो । यहि राम्रो हो कि अमेरीका यस मामिलाबाट टाढै बसे बेस
साउथ चाइना सी चिनको सम्पती हो । यसमा हक जमाउनु चिनको अधिकार हो । यसको सुरक्षा गर्नु पनि चिनको दायित्व भित्र पर्छ । यसमा चिन सबल छ ।

अमेरी र चिनविच साउथ चाइना सी लाई लिएर केहि मतभेत छ तर यो होइन कि उक्त सी अमेरीको हो ।
साउथ चाइना सीको विषयलाई लिएर अमेरीका चिन तनाव उत्पन्न भएको लामो समय भयो । अमेरीकालाई चिनले यस विषयमा नवोल्न आग्रह गरिरहेको छ । यस त्रिदेशीय सिमाना मा चिनले अधिाकार जमाउनु गलत रहेको र उस्को सामारिक शत्तिमा चिन बाधक बनेको अमेरीकीहरुको बुझाइ रहेको छ । चिनले ट्रम्पलाई खासै नरुचाएको र उनको अभिव्यत्तिको चिनले खुलेर विरोध गरिरहेको छ ।

पछिल्लो वर्षहरुमा फिलिपीन्सलाई अमेरीकाले साथ दिइरहेको छ । सुयूक्त सैन्य उपस्थितिबारे चिनले फिलीपिन्ससँग आपत्ती जनाइरहेको छ । फिलीपिन्सले साउथ चाइना सि मा मिलिटरी राख्नको लागि २०१४ देखि नै लोकेशन खोजिरहेको छ ।

खास कारण के हो त ?
साउथ चाइना सी का लगभग ३५ लाख स्क्वार किलोमिटर क्षेत्र विवादमा रहेको छ । यस क्षेत्रमा चिन,फिलिपिन्स,ब्रुनाइ, भेतनाम,ताइवान, मलेशिया लगायतका देशहरुले मेरो भनिरहेका छन् । यस क्षेत्रमा तेल र ग्यासको ठुलो भण्डार रहेको अनुमान गरिन्छ । अमेरीकाले यसमा आँखा लगाउनुमा यहाँ गरिब ३४० अरब ब्यारेल तेल र १५ सय ट्रिलियन क्यूबिक प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । प्रचुर प्राकृतिक भण्डार रहेको हुनाले पनि यस इलाकामा दाबी बढेको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया