लण्डन,

प्रख्यात पानी जहाज टाईटनिक जमेको बरफमा ठोकिएर डुबेको भन्ने आम मानिसको भनाइलाई एक अनुसन्धानले गलत मानेको छ । बरफको कारण नभई आगलागिको कारण उत्तरी एटलान्टिक सागरमा डुबेको थियो । अनुसन्धानकर्ताहरुले आगोको कारण टाईटानिक डुबेको दाबी गरेका छन् । १९१२ मा न्यू योर्कका लागि छुटेको टाईटनिक जहाज एटलान्टिक महासागरमा डुबेको थियो । यस दुर्घटनामा करिव १५०० भन्दा बढि मानिसहरुको मृत्यू भएको थियो । अहिलेसम्म मानिसहरुले बरफको कारण यो दुर्घटना भएको हो भन्ने लागि रहेको थियो ।

तर अनुसन्धानकर्ताहरुले बताएका छन् कि यहाँ आगो ३ हप्ता पहिले देखि नै लागिरहेको थियो । यसमा कसैको पनि ध्यान गएन् । आगो कै कारण जहाज क्षतिग्रस्त भएको थियो । आगो लागिरहेकै बेलामा चिसो बरफमा जहाज ठोकिन पुगेको थियो । आगोको कारण कमजोर बनिसकेको जहाज सागरमा डुबेको थियो ।titanic

एक जना व्रिटिस प्रत्रकार सेनन मोलोनोले जहाजको मुख्य इलेक्ट्रिकल इनिनियर्सद्धारा लिएको तस्बीरलाई अध्ययन गरेका थिए । यो तस्बीर लिएपछि टाईटनिक बेलफास्ट शिपयार्डमा पठाएका थिए । मोलोनका अनुसार यो तस्बीरको पछाडिपट्टि दाहिने भागमा ३० फुट लामो कालो निशान देखेका थिए । यो जहाजको पछाडि तर्फ रहेको थियो जुन भाग बरफसँग ठोकिएको थियो । उनले भनेका छन् अब हाम्रो खोजी भनेको बरफसँग जहाजको ठोकिएका भाग पत्ता लगाउनु हो । अव ठोकिएको भागमा केहि कमजोरी थियो थिएन त्यो अनुुसन्धान गर्ने बताएका छन् ।

अनुसन्धानकर्ताहरुले भनेका छन् कि आगोको कारण पछाडिको भाग कमजोर भएका हुनुपर्छ । त्यसकारण पतवारमा निशान देखिएको । आगो शायद बाँइलर रुमको पछाडि बनेको तिन मझौला ईन्धन स्टोरमा लागेको हुनसक्छ । १२ जनाको एक समुहले यहाँ आगो निभाउने कोशिस गरेका थिए तर आगो उनीहरुको नियान्त्रण बाहिर गईसकेको थियो । यसको कारण जहाजको तापक्रम १,००० डिग्री पुगिसकेको थियो । यहि समयमा जहाज बरफमा ठोकियो र आगोको कारण स्टिलले बनेका पतवार धेरै नै कमजोर भयो ।

यस कारण बरफमा ठोकिएपछि जहाजको लाइनिङ्ग टुट्न गएको हुनसक्दछ । टाईटनिक बनाउने कम्पनीका अध्यक्ष जे. ब्रूस ने जहाजमा यात्रा गरिरहेका अधिकारीहरुलाई निर्देशन दिएका थिए कि आगोबारेमा यात्रुहरुलाई केहि पनि जानकारी नदिनु ।

Please share us on:

तपाईको प्रतिक्रिया