भदौ २४,
उत्तर कोरियाले आफ्नो पाचौं र सबै भन्दा ठुलो आर्णविक परिक्षण गरेको छ । उत्तर कोरियाले अधिकारिक रुपमा यसले पुष्टी न गरे पनि सुक्रबार बिहानै त्यहाँ ५.५ रेक्टर स्केलको कृतिम भूकम्प गएको थियो र सो भूकम्प आर्नविक परिक्षणले गर्दा भएको अनुमान लगाइएको छ ।
उक्त भूकम्प उत्तर कोरियाले पहिले आफ्नो आर्णविक हातीयार परिक्षण गरेको ठाउँ वरिपरी नै रहेको छ । संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई आफ्नो आर्णविक हातीयार परिक्षण गर्न रोक लगाए पनि उसले आफ्नो सुक्रबार आफ्नो राष्ट्रिय दिवसको अवसरमा यो परिक्षण गरेको हो । यो परिक्षण उसले गत जनवरीमा गरेको परिक्षण भन्दा २ गुणा ठुलो रहेको जानकारिमा आएको छ । (एजेन्सि)