बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले रासायनिक मल कारखान खोल्ने प्रक्रिय अगाडि भढाएको जानकारी दिनु भएको छ । आज धादिङ — काठमाडौँ सम्पर्क मंञ्चले आयोजना गरेको तिहार विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । लगानीकर्तासँग चरण चरणमा सम्वाद भएको र नेपालतर्फ हुने प्रविधिक कार्य अगाडि बढाएको हुदा नेपालमा रासायनिक मल उत्पादन हुनेमा ढुक्क छु उहाँले भन्नु भयो । आफु मुख्यमन्त्रि भएपछि जनताको दैनिकीसँग जोडिनको लागि हर प्रयास गरेको पनि बताउनु भएको छ । त्यस्तै प्रदेश सरकारले बाग्मती प्रदेशका १० हजार युवालाई सिपमुलक तालिमको लागि बजेट व्यवस्था गरिएको पनि जानकारी दिए ।
आगामी चुनाव बारे बोल्दै मुख्यमन्त्री पाण्डेले यो गठबन्धन देशको रक्षाको लागि भएको भन्दै समाजबादीले कांग्रेस र माओबादी लाई कांग्रेस माबाबादीले समाजबादीलाई भोट दिएर प्रतिगमनकारी शक्तिलाई दनक दिनु पर्ने बताए ।

Please share us on:

तपाईको प्रतिक्रिया