वेरुत,
विद्रोहीको कब्जामा रहेको पुर्वी एलेप्पोमा लगातार दोस्रो दिन पनि बमबारी गरिएको खबर छ । उत्तरी सिसियामा गरिएको बमबारीमा ५४ जनाको मृत्यु भएको छ ।

 
सिसियाको राष्ट्रपति बशर असदको निकट सहयोगी रुसी वायु सेनासहित सिरियन सरकार सर्मर्थित सेनाले विद्रोहीको कब्जामा रहेको ईलाकमा लगातार हवाई हमला गरिरहेको छ । बमबारी एप्पालो नजिकैको साथै ग्रामिण पहाडी इलाकामा पनि गरिएको थियो । रुसले स्लामिक स्टेट र अलकायदा लगायत असद विरोधीको अखडामा हवाई हमाले गरेको रुसी अधिकारीहरुले बताएका छन् भने सिरियन युद्धक विमानले एप्पोलो नजिक बमबारी गरेका थिए जहा २,७५,००० मानिसहरुको बसोबास रहेको थियो ।

 
स्थानियले बताएका छन् कि पछिल्लो दिनहरुमा बमबारीको रफतार बढेको छ । सिरियन डिफन्स आर्मीले कम्तीमा पनि २५० भन्दा बढि पटक हमला गरेका थिए ।

 
पुर्वी एप्पोलमा एक मात्र सेवा दिइरहेका बाल अस्पतालका कर्मचारी बताएअनुसार उनी करिब २ घण्टा भुमिगत तलामा बसेर ज्यान बचाउन सफल भएका छन् । २ घण्टाको दौरान २० भन्दा माथि मिसाइल आक्रमण भएको जानकारी दिएका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया