काठमाडौं,कात्तिक २०
मैले नेपाल सरकार र नेपाली जनताबाट अत्यधिक न्यानोपन प्राप्त गरेँ । यसले नेपाल र भारतबीचको पुरानो बहुआयामिक र जनस्तरको सम्बन्ध प्रतिबिम्बित गरेको छ । मैले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सबै राजनीतिक पक्ष र नागरिक समाजका व्यक्तित्वसँग उपयोगी छलफल गरेँ ।
जसमा मैले नेपाली जनता र सरकारको प्राथमिकताका सबै क्षेत्रमा साझेदारी गर्ने भारतको वचनबद्धता सुनाएको छु । मैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमणका लागि आग्रह गरेको छु, उहाँले स्वीकार गर्नुभएको छ ।
मेरो नेपाल भ्रमण मित्रताको मिसन भएको छ । नेपालसँगको विशिष्ट सम्बन्ध थप सुदृढ गर्ने भारतको चाहनालाई मेरो भ्रमणले प्रतिबिम्बित गरेको छ ।
नेपालको शान्ति, स्थायित्व र विकासमा सहयोग गर्न भारत प्रतिबद्ध छ । हाम्रो सम्बन्ध दुवै जनताको साझा हितका सन्दर्भमा थप सुदृढ हुने अपेक्षा लिएको छु । ( आजको नयाँ पत्रिका दैनिकमा खबर छ )