काठमाडौँ ,

बहु प्रतिभाकि धनी मोनालिसा पराजुलीको नयाँ भिडियो सार्बजनिक भएको छ । शब्द,संगीत र स्वर मोनालिसकै रहेको यस गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ । भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले साथ दिएका छन् ।

राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ शिशिर पोखरेलले खिचेका हुन् भने निर्देशक युबराज खत्रीले भिडियोलाइ उत्कृष्ट बनाउन सक्दो मेहनत गरेका छन्। भिडियोमा अहिलेको प्रबिधिलाइ भरपुर प्रयोग गरिएको छ । भिडियोमा सम्पादन पनि निर्देशक युबराज खत्रीले नै गरेका हुन् भने भी.एफ.एक्स.अक्की शर्माले गरेका हुन् । कलरिस्ट रेनिश फागोले भिडियोमा कलर ग्रेडिंग गरेका छन् ।

सेलिब्रेटी नेपालको प्रोडक्सन रहेको भिडियोलाई पीएनपी मिडियाले प्रस्तुत गरेको हो। यो भिडियोबाट सम्पूर्ण टिमको कामको तारिफ हुनेमा निर्माण पक्ष बिश्वस्त छन ।

हेर्नुस् भिडियो

-पुजन धिताल

Please share us on:

तपाईको प्रतिक्रिया