फिल्मी दुनियाको सबैभन्दा ठुलो अवार्ड (ओस्कार) सोमबार बिहान वितरण गरिएको थियो । २०१६ भरी प्रदर्शित सबै चलचित्रलाई मुंल्याकंन गर्दै उत्कृष्ट हुनेलाई ओस्कार अवार्ड दिइन्छ । तर यसपालीको ओस्कार अवार्डमा भने अहिलेसम्मकै ठुलो त्रुटि देखिएको छ ।

ओस्कार वितरण गर्दा उत्कृष्ट चलचित्र भनेर (ला ला ल्याण्ड) को नाम लिइएको थियो तर पछि (मुनलाइट) लाई अवार्ड प्रदान गरिएको थियो ।

ला ला ल्याण्ड भनेर उच्चारण गरिसकेपछि ला ला ल्याण्डका तर्फबाट अवार्ड थाप्नको लागि स्टेचमा उक्लिसकेका प्रतिनिधिलाई पछि हटाएर मिस्टेक भएको भन्दै मुनलाईटलाई उत्कसष्ट घोषणा गरिएको थियो ।

जुन कुराले उपस्थित दर्शक मात्र नभएर संसारभरका प्रत्यक्ष हेरिरहेका दर्शक पनि अच्चमित परेका थिए । यो अवार्ड पहिलो चाटि ठुलो विवादमा परेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया