लुट भन्दा लुट २ लाई फरक फिल्म हो भनेर प्रमाणित गर्नको लागि कलाकारहरुले निकै मिहनेत गरेका छन् । पहिले तुलनामा भाषामा अलि छाडापन ल्याइएको छ । बेट सिन पनि राखिएको छ । यसले परिवार परिवार बसेर चलचित्र हेर्न केहि असहज भए पनि कमेडिले भरिएकाले दर्शकलाई बोर लाग्ने खालको भने छैन् । केहि अंग्रेजी लवज पनि प्रयोग गरिएको हुनाले केहि नयाँ चाहि पक्कै छ ।

नेपाली युवाहरुको दिमाग सहि कामको लागि प्रयोग भएको छैन् । भन्ने सन्देश पनि दिन खोजिएको छ । यो संगै नाकाबन्दीलाई हाकु जस्ता मानिसले कसरी प्रयोग गरे भनेर पनि देखाउन खोजिएको छ । निकै हाइफाई जिन्दगी जिउनको लागि पनि युवाहरुले गलत बाटो रोजेको जस्तो देखिन्छ ।

खाली गल्ली तिर साना साना होटलतिर धाउने पात्रहरु लुट २ भने मोटर साइकल र डिस्कोतिर रमाउन भ्याएका छन् । हुन त टिम एकदमै मिलेको छ । टिमवर्क सफल पनि भएको छ । सबैले आ आफ्नो भुमिकालाई न्याय गरेका छन् । यति हुदाँ पनि दयाहाङ राईले नै चलचित्रको सबै कथा बोकेको जस्तो हुन्छ । गोपाल र हाकु कालेले चलचित्रलाई लिड गरेका छन् ।

जुन अपेक्षा बोकेर दर्शक हल भित्र छिर्छन् तर बाहिर निस्कदा अपेक्षा गरेको भन्दा फरक पाउछन् । जसरी कथा देखि लिएर सबै कुरामा अब्बल देखिएको लुट १ तर लुट २ मा भने अब्बल अभिनय नभएको जस्तो देखिन्छ । चलचित्रले कतै एकदमै फास्ट गति लिन्छ भने कतै स्लो गतिमा अगाडि बढ्छ । यसले पनि कतै कथाको कमिनेशन नमिले हो कि भन्ने भान हुन्छ । तर मनोरञ्जनको हिसाबले चलचित्र निकै राम्रो बनेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया