खबर कर्नर ,भदौ ९

राप्ती यातायतले अन्तराष्ट्रिय बस सेवा विस्तार गर्न लगेको छ । पहिलो पटक अन्तराष्ट्रिय स्तरमा सेवा दिन लागेको राप्ती बस व्यावसायिले बताए । दाङको भालुबाङबाट सिधा दिल्ली बस सेवा सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष सुरेश हमालले जानकारि दिनुभयो । उहाका अनुसार पहिलो पटक भदौ १३ गतेबाट भालुबाङदेखि दिल्ली सिधा बससेवा ११÷३० बाट सुरु हुने छ । राप्ती यातायतको डिलक्स बस हप्तामा ३ दिन सोमबार, बुधबार शुक्रबार नेपालबाट बस लाग्नेछ भने हप्तामा ३ दिन आइतबा बुधबार र शुक्रबार भारतको दिल्लीबाट नेपालका लागि बस छुट्नेछ । यात्रुको बढदो चापका कारण यात्रुलाय सहज होस भन्नका लागि बस सेवा सञ्चालन गरेको जानकारि दिनु भयो । अब अगामी दिनमा यात्र’को आवश्यकता हेरेर अझ बढि सुविधासहित सेवा विस्तार गर्ने योजना रहेको कुरा बताउनु भयो । पहिलो पटक एउटा बसबाट सेवा सुरु गरे पनि यात्रुको चापलाइ मध्यनजर गर्दै सेवा बढाउने अध्यक्ष हमालले जानकारि दिनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया