काठमाडौँ,

नेपाल राष्ट्र बैँकले लुम्बिनी बैँक र बैँक अफ काठमाण्डु मर्ज भएको एक वर्षपछि बनेको बैँक अफ काठमाडौँ लुम्बिनी लिमिटेडलाई नाम परिवर्तन गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनलाई पहिलो साधरण सभाले कार्यन्वयनमा ल्याएको छ ।

बैँक अफ काठमाण्डु लुम्बिनीलाई हटाएरु बैँक अफ काठमाण्डु पुरानै नामबाट कारोबार गर्ने निर्णय गरेको छ । बित्तिय रुपमा एक बर्ष अघि मर्ज भएपछि एकिकृत कारोबार भएपछिको पहिलो साधरण सभा हो । बिहिबार सम्पन्न साधरण सभाले पुरानै नाम राख्ने विशेष प्रस्ताव राखेर साधरण सभामार्फत अनुमोदन गरेको हो । बैकलाई रिब्रान्डिङको खर्च भने लाग्ने छ ।

२२ औँ साधरण सभाले आफना शेयर धनीहरुलाई २३ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । साधरण सभामा बैँकले सोचेअनुसारको लक्ष फेला पार्न नसकेको र शेयर धनीहरुलाई पनि खुशी पार्न नसकिएको कुरा साधरण सभामा उठेको थियो । अबको दिनमा राष्ट्र बैकको आदेशलाई मान्ने र बैँकको स्तर उन्नतीलाई बढावा दिने निर्णय पनि २२ औँ साधरण सभाले गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया