मंगलबार नेपाल राष्ट बैँकले अटो लोनमा थोरै लगाम लगायो । यसले अब जस्ले पनि सजिलै सवारी साधन किन्न पाउन गाह्रो भएको छ । यसअघि २० प्रतिशत रकम तिरेपछि ८० प्रतिशतसम्म सवारी कर्जा बैँकले उपलब्ध गराउथ्यो । मंगलबार राष्ट्र बैँकले सवारी कर्जा लिनको लागि ५० प्रतिशत रकम तिरेपछि मात्रै बैँकले ५० प्रतिशत कर्जा उपलब्ध गराउन पाउने भएको छ ।

यो भन्दा कडा नियम घर जग्गामा लगाउने हो भने सर्वसाधरणले पनि आफ्नो पहुँच विस्तार गर्न पाउने थिए । घर जग्गामा ३० प्रतिशत मात्रै बैँकले कर्जा प्रवाह गर्ने हो भने बैँकमा रकमको तरलता हुने थिएन् ।

एक राष्ट्र बैँकका कर्मचारी नाम नभन्ने सर्तमा दलालहरुको घरजग्गा कर्जा पुनविचारबमे विरुद्धमा केहि मानिसहरु दिनरात लागि परेका र घर जग्गा कर्जामा कडाइ गर्नु हुदैन भनेर दिनौ धाउने गरेका बताउछन् । आर्थिक प्रलोभनको कुरा पनि आउने गरेका छ ।

अझ घर जग्गामा बैँकले लगानी गर्न पाउनुपर्छ भन्दै केहि बैँक संञ्चालकहरु नै आउने गरेको तथ्य बाहिर आएको छ । ग्रामिण क्षेत्रमा लगानी गर्न कठिनाइ हुने र खर्चिलो हुने भन्दै बैँक गाउ जान मानिरहेका छैनन् । शहर केन्द्रित घरजग्गामा लगानी गर्दा चाडै नै नाफा कमाउन सकिने ध्येयले बैँकले घरजग्गा कर्जा लगानी बढाउन लालयित भएको ।

बैँकले नै नेपालमा धनी र गरिब बिचको खाडल बढाउने काम गरेको छ । धनीलाई धेरै लगानी गरेर कर्जा दिन्छ भने गरिबलाई भने अनेक कागजको झमेलाको सपस्य सृजना गरिदिन्छ । यदि बैँकलाई घर कर्जा दिनमा कडाई गर्ने हो भने शहरको रुप कुरुप हुने थिएन र गाऊँ गाऊ मानिसहरुको अभाव पनि हुने थिएन् ।

काठमाडौँको रुपलाई कुरुप बनाउनको लागि पनि नेपालका बैँकहरुको हात रहेको छ । यदि बैँकले लगानी उत्पादन मुलुक क्षेत्रमा लगाउने हो भने पनि देशलाई योगदान दिएको हुने थियो । हाल नेपालका कम्युनिष्टहरुले भन्ने गरेका दलाल पुँजीपतिको विकाश बैँकहरुले गरिरहेका छन् ।

नेपालका मिडियहरुले पनि विज्ञपनको लोभका बैँकको कमजोरीको बारेमा आम जनता सापेक्ष सहि सुचना प्रवाह नगरेर पनि बैँक बारे आम मानिसहरुलाई कम जानकारी भएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया