सप्तरी ,

नेकपा एमालेको मेची महाकाली अभियान कसैले रोकेर नरोकिन एमाले सचिव योगेश भट्टराईले बताएका छन् । मधेशी मोर्चालाई पनि एमालेको कार्यक्रमलाई बाधा अवरोध नगर्न सुझाएका छन् । मधेशी मोर्चाले कार्यक्रमको समयमा गरेको बन्दले कुनै प्रभाव नपार्ने भन्दै बन्दलाई जनताले असफल बनाउने र तराई मधेशमा रहेको एमाले प्रतिको भ्रम तोडिने पनि बताएका छन् ।

एमालेलाई जसरी मधेश विरोधी देखाउनको लागि मधेशी मोर्चा लागेका छन् तर हामी जनतामा जान्छौ र जनताको मागमा अडिक रहन्छौ भट्टराईल भने । मधेशी मोर्चा र मधेशी जनता फरक रहेको भन्दै एमाले मधेशको धर्ती पुत्र रहेको बताए । मधेशी जनताको मागमा एमाले आफै कम्मर कसेर लाग्ने छ तर मोर्चाको नाजायज मागलाई एमाले कुनै पनि हालतमा सफल हुन दिदैन् । यस अभियानले मधेशमा एमाले मधेश विरोधी होइन भनेर पुष्टि हुने बताए ।

मधेशी मोर्चाले एमालेलाई मधेश प्रवेश रोक लगाउने घोषण गरे लगतै एमाले सचिव भीम आचार्य योगेश भट्टराई सप्तरी पुगेका हुन् । उनीहरुले मुस्लिम जिल्ला नेतालाई एमालेमा प्रवेश गराउदै एमालेको अभियान कुनै पनि बाधा अबरोधले नरोकिने पनि बताएका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया