राजधानी काठमाण्डौका बासीन्दालाइ सडक जामको जानकारी नहुने कुरै भएन् । जाम काठमाण्डौको विषेस्ता नै हो । बढ्दो शहरीकरण र बढ्दो जनघनत्व कारण मात्तै नभएर साना तथा पुराना सवारि साधन पनि महत्वपुर्ण कारण हो । काठमाण्डौका साघुरा सडक र साना तथा पुराना गडिहरको अत्याधिक चापका कारण काठमाण्डौको ३ किमी बाटो पार गर्नलाइ यात्रुहरुलाइ घण्टौ लाग्छ । यस्तो अवस्थामा दमकल एम्बुलेन्स जस्ता गाडिलाइ सडक पार गर्न हम्मे हम्मे पर्छ । यसको व्यवस्थापनमा सरकार मौन बसेको जस्तो देखिन्छ । सरकारका मन्त्रीहरु सवार हुदा बाटो खालि गराइ दिनु पर्ने अनि जनता बिरामी हुदा पनि जामका कारण बाटो नपाउनु यो कस्तो नियमा हो नेपालको ? सडकमा चल्ने साना गाडिहरुको अत्यधिकमात्रामा छ यस्ता गाडिहरुले काठमाण्डौलाइ कुरुप बनाइरहेको ।यस्ता साना सवारीका कारण बाटो जाम हुने त छदै छ तर प्रदुषण तथा त्यसमा लाग्ने इन्धनको खपत पनि त्यहि अनुसारको हुन्छ । आर्थिक रुपमा पनि कमजोर सहर जस्तो देखिन्छ । विश्वका ठुला शहरहरुमा फरिकिला सडक तथा ठुला सवारी साधन देख्न पाउछौ ता कि एउटै साधानमा सयौ यात्रुले यात्रा गर्न पाइयोस । नेपालमा पनि यस्ता शहर तथा ठुला यातायतका साधन आवश्यक छ । साना तथा प’राना गाडिलाइ उचित तबरले व्यवस्थापन गर्ने हो भने स्मार्ट सिटि तथा अन्य विकासे काम कागजमा मात्तै सिमित हुनु पर्दैन थ्यो कि ? अनि कमजोर देखिएको शहर पनि तन्कीने थिए कि ।