काठमाण्डौ,
अधिकांस नेपालीहरुले भारतमा कमाइ गरेको पैसा नेपाल फर्किदा साथमा नै बोकेर आउछन् । कि त आइ एमी गर्छन या त नेपाल फर्किदा साथमा नै बोकेर आउछन् । यस्को कारण नेपालीले कमाएको पैसा बैँकमा राख्न नपाउनु हो । नेपालीले .कमाएको पैसा भारतमा बैँक खाता खोलेर राख्न पाउने नियम नै ेछैन् । खुल्ला सिमाना त छ तर पाउर्नुे सुविधा केहि पाएको छैन् । नेपालीले कमाएको पैसा नेपाल आउदा धेरैको लुटिने सम्भावना रहको छ । धेरै नेपालीहरु पनि लुटिएको पनि छन् । यसरी लुटिनेहरु अधिकांस साधरण गरिब नेपाली रहेका छन् । नेपाल आउदाखेरि लुटेरदेखि जनताको सुरक्षा दिन बसेको भारतीय सुरक्षाकर्मीहरुले पनि कयौँ नेपालीहरु लुटेका छन् । यहि लुटिने क्रम कमि होस भनेर अधिंकास नेपालीहरुको माग छ नेपालीले भारत कमाएको बैँकमार्फत नेपालमा पठाउन सकियोस या सुरक्षित गर्न सकियोस । हरेक पटक प्रधानमन्त्रीको भ्रमण हुदा आम नेपालीको चाहाना हुन्छ । तर यि चाहानाहरु केबल सपना मात्रै हुन्छन् । ९ महिनामा परिवर्तन हुने सरकार र ५ महिनाको फरकमा प्रधानमन्त्री भारत भ्रमण जान्छन् । अब बाकी छ कुन चाहि सरकारको पालामा सरकार टिकाउने भन्दा पनि जनताकोबारेमा सम्झौताहरु गरोस । भारतमा कमाएको पैसा लुटेराको हातभन्दा पनि बैँकमार्फत सुरक्षितसाथ घरमा पु¥याउन पाइयोस ।