काठमाण्डौ, भदौ, १४
सवारी साधनको सौखिनका लागि नाडा अटो शो आजबाट भृकुट्ी मण्डपमा सूरु भएको छ ।यस्लाइ भव्य बनाउनको लागि उप प्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले रिवन काटेर उट्घाटन गरेको छन् । यस्ता किसिमको शोले सवारी साधनको बजारलाइ निर्धारण गर्ने गर्छ । चाडबाडलाइ लक्षित गरि व्यापार बढाउने मनासायले शुरु गरेको उक्त शोमा विश्वका ठुल ठुला सवारी निर्माता कम्पनीका २ पाङग्रदेखि ४ पाङग्रेसम्मका सवारी सधान राखिएको छ । सवारी साधनको कम्पनीहरुले सवारी जति राम्रा छन् स्टलमा नि त्यति नै लगानी गरि आर्कषक बनाएका छन् । ग्राहकको मन जित्नको लागि विभिन्न कम्पनीले बम्फर सेल अथवा यहि अडर गर्नेका लागि विशेष छुटको व्यवस्था समेत गरेको छन् । बजारमा बलियो पकड जमाउनको लागि विदेशीदेखि लिएर स्वदेशी मोडललाइ समेत ध्यान दिएको पाइन्छ ।