खबर कर्नर
एटिम बुथमा क्यामेरा फिट गरेर ग्राहकको पिन नं. चोरी विभिन्न प्रविधिको प्रयोग गरि एटिमबाट पैसा चोर्ने ३ जना रोमानिया नागरिकलाई आज केन्द्रिय अनुसन्धान व्युरो सिआईवि ले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उनीहरुको साथबाट भारी मात्रामा एटिम कार्ड र महङगा घडि लगाायत नगद समेत बरामत गरिएको छ ।
ठमेलस्थित होटल ताराबाट सिआइविले गत शुत्रबार पक्राउ गरेका रोमानिय नागरिकहरु ५२ वर्षिया घिटा हुजुम,४८ वर्षिया इसिफ मोउरा र ४५ वर्षिया क्रिष्टियन वुघिउर्लालाई आज प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुको साथबाट प्रहरीले नेपाली ३ लाख ८ हजार रुपैँया र १० हजार ९ सय युरो ३ सय ५३ एटिम र ६ वटा मोबाईल हिडन क्यमरा, ल्यापटप कार्ड पर्सनलाइज मेशिन सहित २५ पर्ने स्विस घडि समेत बरामत गरेको सिआइविले जनाएको हो ।
उनीहरुको कार्ड हिडन क्यामरा बाट प्राप्त सबै जानकारी यहाबाट विभिन्न देशमा पठाउने काम गरेको प्रहरीको दाबी छ । उनीहरु नेपाल आउदा एटिम चोर्नको लागि चाहिने प्रविधियूक्त सामन उत्तैबाट ल्याउने प्रहरीले जनाएको छ भने दरबारमार्ग एरियाबाट उनीहरुले धरैचोटि रकम निकालेको पनि प्रहरीले दाबी गरेको छ ।