कार्तिक ९,
पाकिस्तानको कुएटा स्थित एक प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ४८ जवान र सुरक्षा गार्डको मृत्यु भएको छ भने १०० जना भन्दाअ बढी घाइते भएका छन् ।
४ घण्टासम्म चलेको उक्त भिडन्तमा आक्रमणकारिहरु तालिम केन्द्र भित्र छिरेर आक्रमण गरेका थिए । आक्रमणकारी मध्य ३ जना आत्मघाती आक्रमणकारी थिए जसमध्य २ जनाले बिस्फोट गराए र एक जना कारवाहिमा मारिए ।
आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि संगठनले लिएको छैन । (एजेन्सि)
फोटो सौजन्य बिबिसी