खबर कर्नर, असोज १९
दशैँमा टिका लगाएर नया नोट दिने नेपालीहरुको संस्कार बसिसकेको छ । हरेक साल नेपालीले दशैँमा अर्बौको नया नोटको प्रयोग गर्छन् । हुन त सबैँनोटहरुको मुल्य उहि हो । भए पनि नयाँको विशेष महत्व रहेको हुन्छ । तर सर्वसाधरणले सोचेअनुसारको नयाँ नोट साट्न पाइरहेको छैन् ।
घण्टौँ लाइन बस्दा पनि आम मानिसहरुले नयाँ नोट पाएको छैनन् । यसपाली वाणिज्य बैँकहरुले अनाआवश्यक भिड हुने भन्दै नयाँ नोट साट्न मानेका छैनन् । नेपाल राष्ट्र बैँक थापाथलीमा घण्टौँ लाइन बस्दा पनि सहज ढँङगले नोट साट्न नपाएको आम नागरिकको गुनासो रहेको पाइन्छ । नोट कै लागि मानिसहरु लामबद्ध हुन बाध्य छन् ।
यदि वाण्ज्यि बैँकले सहज रुपले नयाँ नोटको वितरण गरिएको थियो भने अहिले सडकमा पाइने नयाँ नोट बैँकमा पनि पाइन्थ्यो । सरकारका बैँक र निजि बैँक भन्दा त बरु सडकमा खुलेका बैँकहरुको बजारमा बलियो उपस्थिति देखियो । अचम्म के छ भने सडकमा बस्ने मानिसहरुले चाहि जति पनि नयाँ नोट पाउने तर सधैँ भरि बैँकमा कारोबार गर्ने आम नागरीकले नपाउने कस्तो नियम हो नेपालको
। राष्ट्र बैँक स्रोतका अनुसार प्रत्येक वर्ष नयाँ नोटको माग बढेको छ मागअनुसार नै नयाँ नोट बजारमा पठाएको जानकारी दिएको छ । तर काहा जान्छ अर्बौको नोट ?
सडकको पेटिमा खुलेको बैँकमा न लाइन बस्न पर्छ न न झण्झनट नै हुन्छ एक हजारको रु ५० बढि ति¥यो दशेँको लागि नयाँ नोट लियो नेपालको नयाँ बैँक सडक बैक ।