खबर कर्नर, भदौ १२
पहिलेको तिज र अहिलेको तिजमा आकाश जमिनको फरक छ । चेलीले पतिको घरमा पाएको दुख माइतमा आमा तथा दाजुभाइलाइ गितको माध्मबाट सुनाउने वेदना विशेष पर्व हो तिज । यसलाइ नेपाली नारीहरुको विशेष अधिकारका रुपमा मनाउने गर्छन् । तर पछिल्लो समय तिज भड्किलो हुन थालेको छ । तिज आउनु भन्दा पहिले नै दरको नाम रक्सी खाने चलन बस्न थालेको छ । के को दुख यहा त खुशि धेरै भएर अघिल्लो महिनादेखि नै खुशी पोखिन थालेको आभास हुन थालेको छ । यो भन्दा धेरै त तिजका गितमा असर परेको देखिन्छ । दुखका गित त टाढै जाओस को सँग जान पाऊँ अथवा ल्याउन पाऊ भन्दा अन्य शब्द गितमा सुन्न पाइदैन् । परिवारसँग बसेर तिजका गित समेत हेर्न नसकिने अवस्था सृजना भइसकेको छ । यसमा महिलालाइ मात्तै होइन पुरुषलाइ पनि उत्तिकै तिज लागेको देख्न सकिन्छ । पहिले पहिले श्रीमान् घरमा काम गरेर बस्ने श्रीमती माइती जान े। जस्तो भए पनि घरमा आफुले पाएको दुख रमाइलो गर्ने चलनलाइ अहिले आएर त्यस्तो सस्कारलाइ पुरै उपेक्ष गरेको पाइन्छ ।
तर सस्कार भन्दैमा पहिलेको जस्तै गरि मनाउनु पर्छ भन्ने कुरा होइन तर के गर्दा राम्रो हुन्छ के गर्दा नराम्रो हुन्छ भन्ने साना साना कुराको त हेक्का राख्नुृ पर्ने हो । त्यसकारण पनि अहिलेको तिजलाइ दुख होइन उत्सवको रुपमा मनाउने चलनको विकाश भएको । वास्तवमा दुख नहुनु त राम्रो कुरा हो तर भड्किलो तिजले चाहि हामीले मनाउने गलत बाटोतिर गइरहेको छैन् ?