काठमाण्डौ, भदौ ,२०
अघिल्लो सरकारले ल्याएको आर्थिक विधेक फेर गराएर सरकारको बागढोर समाल्न पुगेको माओबादीले अहिले आर्थिक विधेक पास गराउन हम्मे हम्मे पर्ने छ । अहिले यो विधेकलाइ संसदमा कसरी पेश गर्ने भनेर उप प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा आफु निकटका अर्थविदहरुसँग छलफल गरिरहेका छन् । उक्त विधेक संसदले पास गर्नु पर्ने भइकोले पनि यसलाइ महत्वका साथ हेरिएको यसमा एमालेको भुमिका के हून्छ भनेर ।
अघिल्लो पटक आफुले समर्थन गरेको सरकारले ल्याएको आर्थिक विधेक नै फेल गराएर प्रधानमन्त्री बनेको माओबादीलाइ एमालेको समर्थन नभइ यो बजेट पास हुदैन भन्ने थाहा छ । त्यसकारण पनि अर्थ मन्त्री महराले राजनैतिक सहमति विना यो आर्थिक बजेट संसदमा लानु बेकार जस्तै हो । यो बजेट पास नहुदा सरकार सञ्चालनमा समस्य नभए पनि बैदेपिसक सहयोगमा सञ्चालन भएको काम कारबाहीहरुलाइ पक्कै पनि असर परेको छ । यो बजेट लामो समय सम्म पनि संसदले पास नगरी बस्यो भने प्रतिबद्धता अनुसारको सहयोग पनि बाहिरीन सक्छ । सायद यस्को जानकारी अर्थमन्त्रीलाइ हुनुपर्छ । फेरि कानुनी जटिलता पनि उत्पन्न हुन सक्छ । उहि बुदा संसदमा पेश गर्न पाइदैन भने आगामी मंसीर १५ सम्म पनि आर्थिक विदेक पास नभए सकंट आइलाग्ने छ ।