काठमाडौँ ,

चालु अर्थिक वर्षको पहिलो चार महिनामा दुघ मासु र अण्डाको उत्पादन ५ प्रतिशतसम्म बृद्धि भएको छ ।

तर, अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।

करिब ६ महिनाम्म स्थिर रहेको अण्डाको मूल्य आइतबारदेखि बढेर अहिलेसम्मकै उच्च भएको हो ।

शनिबारसम्म १४ रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य आइतबारदेखि बढेर १५ रुपैयाँमा बिक्री भएको छ ।

एक दुई दिनअघिसम्म अघिसम्म प्रतिक्यारेट ३८० रुपैयाँ पर्नेमा अहिले बढेर ४ सय पुगेको छ ।

उत्पादनको अनुपातमा खपत बढेकोले मूल्य बृद्धि भएको व्यवसायीको जिकिर छ ।

अण्डा उत्पादक किसानले अहिले प्रतिगोटा १२ रुपैयाँमा अण्डा बिक्री गरे पनि बजारमा खुद्रा मूल्य १५ रुपैयाँ पुगेको छ ।

(आजको कारोबार दैनिकमा खबर छ)

Please share us on:

तपाईको प्रतिक्रिया