डार्विन, अष्ट्रेलिया – अष्ट्रेलियाको नर्दर्न टेरिटोरीमा २०२५ अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप एन्ड टी–२० प्रतियोगितामा नेपालले सहभागी भएर विश्वका विभिन्न टोलीहरूसँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपालले आफ्नो पहिलो खेल अगस्ट १५, शुक्रबार NT Strike विरुद्ध DXC एरेनामा साँझ ६:०० बजे खेल्नेछ। नेपालले प्रतियोगितामा शानदार सुरुआत गर्ने लक्ष्य लिएको छ।

नेपालका सबै खेलहरूको तालिका यस प्रकार छ:

  • 🏏 अगस्ट १५ (शुक्रबार): vs NT Strike६:०० बजे, DXC एरेना
  • 🏏 अगस्ट १६ (शनिबार): vs बंगलादेश७:०० बजे, DXC एरेना
  • 🏏 अगस्ट १८ (सोमबार): vs Stars११:०० बजे, Cazalys
  • 🏏 अगस्ट १९ (मंगलबार): vs Hurricanes १:०० बजे, Cazalys
  • 🏏 अगस्ट २० (बुधबार): vs Renegades३:०० बजे, Cazalys
  • 🏏 अगस्ट २२ (शुक्रबार): vs पाकिस्तान७:०० बजे, DXC एरेना

नेपालले छ वटा लिग चरणका खेलहरू DXC एरेना, CazalysGardens मैदानहरूमा खेल्नेछ। विशेषगरी पाकिस्तान, बंगलादेश विरुद्धको खेल र Renegades तथा Stars जस्ता फ्रेन्चाइज टिमहरूसँगको भिडन्तलाई लिएर नेपाली दर्शकहरू निकै उत्साहित छन्।

अनुभवी तथा उदीयमान खेलाडीहरूको संयोजन रहेको नेपाली टोलीले यस प्रतियोगितालाई विश्वकप छनोटको पूर्वतयारीको रूपमा लिएर उच्च स्तरको प्रदर्शन गर्ने लक्ष्य बनाएको छ।

नेपालको खेल र नतिजा अपडेटको लागि साथमा रहनुहोस्!

Please share us on:

तपाईको प्रतिक्रिया