नेपालले आयोजक ताजिकिस्तानसँग खेल्दैपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बीको दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ आफनो पहिलो खेलमा इरानसँग ४ -० ले हारेपछि नेपाललाई आज जित्नै पर्ने दबाब रहेको छ । आजको खेल हारेको खण्डमा नेपालको यात्रा यहिबाट सकिने छ ।ताजिकिस्तानले पहिलो खेलमा लेबनानलाई १-० ले हराएको थियो । टोलीका लागि अन्तिम समयमा भादोत हनोनोभले गोल गरेका थिए ।

नेपालले अन्तिम खेल आइतबार लेबनानविरुद्ध खेल्नेछ । समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् ।नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

Please share us on:

तपाईको प्रतिक्रिया