खबर कर्नर,

सरकारले जानी जानी जय बहादुर चन्दलाई फसाएको छ । चन्द विरुद्धको मुद्धा अदालतमा विचाराधीन रहेको सरकारलाई जानकारी थियो । मुद्धा विचाराधीन हुदा हुदै चन्दलाई प्रहरी प्रमुख बनाउनु भन्दा पहिला अदालतको आदेश कुर्न पर्ने थियो । तर सरकारले चोर बाटो प्रयोग गर्दै चन्दलाई विवादमा तानेर सिलवाललाइ नै आइजीपीको कार्यभार दिने सरकारको रणनिति भएको बुझिएको छ ।

कार्यलयसमय भन्दा पहिला नै मन्त्रीपरिषदको बैठक राखेर तेस्रो वरियातक्रममा रहेको चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । सो निर्णय गरेको ३ घण्टा पनि बित्न नपाउदै सर्वौच्चले चन्द विरुद्ध आन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश जारी गरेको भालिपल्ट पदस्थापना गर्न पनि रोक लगाएको थिया ।

उपेन्दकान्त अर्यालले सोमबारबाट अवकाश लिन लागेको र प्रहरी कामु प्रमुखमा नवराज सिलवालाई दिने भित्रि तयारी भएको बुझिएको छ । गृह मन्त्रालय श्रोतका अनुसार चन्दलाई विवादमा तानेर सरकार सिलवालाई जिम्मवारी दिएर विवाद मुक्त बनाउने ध्यानमा लागेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया