च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको रियल मड्रिड र नेपोलीबिचको खेलमा रियलले ३ -१ ले खेल जितेको छ । रियलको घरेलु मैदान नाउ क्यापमा भएको खेलमा खेलको अग्रता भने नेपालेलीले लिएको थियो ।

नेपोलीले खेलको ८ औँ मिनेटमा रियलका गोलकिपरको गल्तीको फाइदा उठाउदै इन्सिन्गेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको १८ औँ मिनेटमा रियलका लागि करिम बेन्जामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुबै पक्षले सुन्दर अवसरहरु खेर फोलेका थिए भने पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफ सुरु भएको ४ मिनेट पछि नै टोनी क्रुजले गोल गर्दै खेललाई २ ० को अवस्थामा पु¥याएका थिए । क्रुजले ४९ औ मिनेटमा रोनाल्डोले उपलब्ध गराएको सुन्दर पासमा गोल गरेका थिए । दोस्रो हाफको ५४ औँ मिनेटमा रियलका लागि कासिमिरोले निकै सुन्दर गोल गर्दै खेललाई ३- १ को स्थितीमा पु¥याए ।

पुरा खेल अबधीभर नेपोलीमाथि रियल हाबी भएको थियो ।त्यस्तै अर्को खेलमा बार्यन म्युनिखले आर्सनललाई ५ १ को गोल अन्तरले हराएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया