सूर्योदय लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको समिक्षा एंवम् उत्प्रेरणा तालिम पोखरामा सम्पन्न गरेको छ । कर्मचारीहरुको उत्पादकत्व वृद्घि गर्ने उद्देश्यले सो तालिममा २३ जनाको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले यो संस्था लघुवित्तको माध्यमबाट गरिबी क्रियाशिल रहेको बताए ।

बैकिङ्ग सम्बन्धी तालिम एनएमबी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र उत्प्रेरणा सम्बन्धी तालिम राजु खड्काले भएको थियो । कार्यक्रममा संस्थाका २६ वटा शाखाका शाखा प्रमुखहरुको सहभागीता रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मोक्ष प्रसाद पंगेनीले बताएका थिए ।

Suryodaya 1
२०७३ फाल्गुन २४ देखि २६ सम्म सञ्चालन भएको तालिमको समापन समारोहमा सहभागीका तर्फ दिपक अधिकारी, पदमबहादुर क्षेत्री र विशेष संचालक प्रा. देवनारायण सुतिहार, संचालक गुणाखर सापकोटाले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका प्रशासन विभाग प्रमुख श्री सूर्य प्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

संस्थाले आर्थिक बर्ष २०७३÷०७४ को माघ मसान्त सम्मको लक्ष्य, प्रगती तथा समसामयिक विषयमा छलफल पनि गरेको छ । संस्थाको माघ मसान्त सम्म २० हजार ९ सय सत्ताइस जना सदस्य संख्या भइसकेको संस्थाको ऋणी सदस्य संख्या १२ हजार २ सय बैसठ्ठी रहेको उक्त अवसरमा जानकारी गराइएको छ । त्यसै गरी संस्थाले हालसम्म ५८ करोड ५३ लाख १ हजार ४ सय उन्चालिस रुपैयाँ कर्जा उठाउन बाँकी रहँदा १९ करोड ५३ लाख ९ हजार ३ सय असी वचत गर्दै २ करोड ६९ लाख २२ हजार ३ सय तेइस रुपैयाँ सञ्चालन मूनाफा हासिल गर्न सफल भएको संस्थाले जनायो ।

Suryoday 2

Please share us on:

तपाईको प्रतिक्रिया