तनहुँ, असोज १९
पृथ्वी राजमार्ग अन्र्तरगत मुग्लिन आबुखैरनी सडक खण्डमा पहिरो जादा आज ८ बजे बाट सवारी साधाने आवजावत ठप्प भएको हो । आबु खैरेनी नगरपालिका ७ आँबुखैरेनी बजारको नजिकै पहिरो गएको इलाका प्रहरी कार्यलय आँबु खैरेनील जनाएको छ ।

पहिरोको कारण राजमार्ग अवरुद्ध छ भने डोजर मगाएर पहिरो पन्छाउने काम थालिएको जनाएको छ । पहिरो ठुलो भएको कारण कुन बेला खुल्छ भन्ने ठेगान नभएको स्थानियले जानकारी दिएको छ ।

पहिरो कारण दशैँमा घर हिडेका यात्रुहरु अलपत्र परेका छन् भने सवारी साधनको लामो लाम लागेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया