भदौ २५,
बिबिध कारणले रोकिएको एनपिएल को टि-२० खेलहरु एभरेष्ट प्रेमिएर लिग २०१६ को नाममा आगामी असोज ८ देखी १७ सम्म हुन गइ रहेको छ । जोहरा स्पोर्ट्स म्यानेज्मेन्टले आयोजना गरेको यो प्रतियोगितालाई चौधरी ग्रुपले मुख्य प्रायोजन गरेको छ ।

क्रीकेट क्षेत्रमा प्रतियोगिताहरुको खडेरी परेको र क्यान पनि निलम्भित भएको बेलामा आयोजना हुन लागेको यो प्रतियोगिताले नेपाली क्रीकेट प्रेमिहरुमा उत्साह थपेको छ ।

राउन्ड रोबिन अनुसार खलाईने यो प्रतियोगितामा एनपिएल कै ६ वटा टिमहरु बिच प्रतिस्पर्धा हुनेछ ।
टिमहरु:
बिशाल वारिएर्स – पारस खड्का
कलर्स एक्स्-फ्याक्टरा – ज्ञानेन्द्र मल्ल
पन्चकन्या तेज – सरद भेस्वाकर्
कान्तिपुर गुर्खाज – बसन्त रेग्मि
जगदम्ब राइनोज – शक्ती गौचन
सगरमाथा लेजेन्ड्स – बिनोद भण्डारी

यस प्रतियोगितामा खेल्ने खेलाडिहरुले पनि राम्रो रकम पाउने भएका छन । प्रती खेल हरेक खेलाडिले निम्न अनुसारको रकम पाउनेछन्:
कप्तान – रु २००००
राष्ट्रिय खेलाडी (कम्तिमा १५ खेल खेलेको) – रु १५०००
यु-१९ बिश्व कप खेलाडी – रु १२०००
राष्ट्रिय खेलाडी (१५ खेल भन्दा कम खेलेको) – रु १०००
छेत्रीय खेलाडी – रु ८०००

यस बाहेक खेलाडिहरुको लागी खाने, बस्ने र यातायातको ब्यबस्था आयोजकले गर्ने भएका छन ।

आउने बर्षमा भने खेलाडिहरुको छनोट अक्सनबाट हुने आयोजकले जनाएका छन् ।

14212156_1764491447153600_1272174856925164149_n

Please share us on:

तपाईको प्रतिक्रिया