मङ्सिर ३०,

श्रीलंकामा जारी एसिसी यु-१९ युथ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ ।

निकै नै रोमन्चक खेलमा नेपालले श्रीलंकालाई ५० ओभरमा २२७ रनमा सिमित गर्‍यो । यस क्रममा नेपालको लागी कमल सिंह ऐरेले ३, पवन सरफले २ र दिपेन्द्र सिंह ऐरेले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको नेपालले निकै नै उत्कृस्ट प्रदर्शन गर्दै २२६ रन बनायो र १ रनले प्राजित भयो । नेपालको लागी दीपेन्द्र सिंह ऐरेले सर्वाधिक ९० रन बनाएका थिए ।

दीपेन्द्र सिंह ऐरे म्यान अफ द म्याच घोसित भए ।

अबा नेपालले अर्को खेल भोली भारतसँग खेल्नेछ ।

Please share us on:

तपाईको प्रतिक्रिया