कार्तिक ३०,
एएफसी सोलिडरिटी कप २०१६ को फाइनलमा आज नेपाल र मकाउ भिड्दैछन् । नेपाली समय अनुसार बेलुका ५:१५ देखी सुरु हुने उक्त खेल मलेसियाको कुचिङ स्थित सरवाक रङशालामा हुँदै छ ।
नेपाल र मकाउ यो भन्दा अगाडी ५ चोटी भिडी सकेका छन् जस्मा नेपाल हाबी देखिएको छ । नेपालले हाल सम्म खेलेको ५ खेल मध्य ३ वटामा जित, १ मा बराबरी र १ मा हार बेहोरेको छ ।
अन्तिम पटक नेपालले मकाउसँग २४ मे २००८ मा अन्तराष्ट्रिय मैतृपूर्ण खेल खेलेको थियो जसमा नेपालले ३-२ ले जित हासिल गरेको थियो ।
हेर्नुहोस अहिलेसम्म नेपाल र मकाउ बिच भएको खेलको पूर्ण जानकारि:
मिती | नतिजा | खेल प्रकार |
२३ मार्च १९९७ | नेपाल १ – १ मकाउ (बराबरि) | फिफा वर्ल्ड कप छनोट |
२८ जुन १९९७ | मकाउ २ -१ नेपाल (हार) | फिफा वर्ल्ड कप छनोट |
१६ अप्रिल २००१ | नेपाल ४ – १ मकाउ (जित) | फिफा वर्ल्ड कप छनोट |
२५ अप्रिल २००१ | मकाउ १ – ६ नेपाल (जित) | फिफा वर्ल्ड कप छनोट |
२४ मे २००८ | नेपाल ३ -२ मकाउ (जित) | ईन्टरनेशनल फ्रेन्डलि |
फिफा बरियतामा पनि नेपाल मकाउ भन्दा माथी नै छ । नेपाल १८६ औं स्थानमा छ भने मकाउ १९६ औं स्थानमा छ ।
यो तथ्याङ्का हेर्ने हो भने र नेपालको यो बर्षको प्रदर्शन हेर्ने हो भने नेपालले यो खेल जित्ने अड्कल लगाउन सकिन्छ । तर सदा झै नेपालको अग्रपङ्तिमा समस्या रही रहने हो भने केहि भन्न सकिन्न ।
खबरकर्नर परिवार नेपाली टोलिलाई भोलिको खेलको लागी शुभकामना ब्यक्त गर्दछ ।