एजेन्सि,

प्रबिधिको बिकाससँगै मानिसहरुको हरेक कार्यहरु मोबाईलबाट हुन थालेको छ । आफ्नो प्रिय ब्यक्तिसँग कुरा गर्न होस् अथवा उनिहरुलाई कुनै सन्देश पठाउन होस्, हाम्रो लागी मोबाईल उपायोगी साधन भएको छ ।

यस्तै बिकासको क्रममा इम्याजिनरी ईन्स्टिच्युटले किसिङ ज्ञाजेटको आबिस्कार गरेको छ । यसमा एउटा भिडियो कल एप्लिकेसन हुन्छ र किसिङ ज्ञाजेट हुन्छ । उक्त ज्ञाजेट र भिडियो कलिङ एप्लिकेसनबाट तपाइले आफ्नो प्रिय ब्यक्तिलाई चुम्बन गर्न सक्नु हुनेछ जुन चुम्बन बास्तबिक चुम्बन जस्तै हुनेछ ।

यस प्रबिधी अनुसार तपाइले चुम्बन गरे अनुसारको चाप एप्लिकेसनले मापन गर्नेछ र तपाईंको प्रियजनको मोबाईलमा भएको ज्ञाजेटले तपाइले चुम्बन गरे जस्तै गरी उक्त चाप शरिरमा प्रदान गर्नेछ जसले चुम्बनको अनुभव गराउनेछ ।

kissing-gadget

Please share us on:

तपाईको प्रतिक्रिया