मलेसिया,

नेपालमा प्रविधिको विकाश निकै छोटो समयमा द्रुत गतिमा विकाश भएको हो । अन्य विकाश निर्माणको कार्यभन्दा मोबाईल इन्टरनेटको विकाश छिटो गतिमा भएको हो । यहि गतिमा अन्य विकाश निर्माणको कार्य पनि भएको भए सायद नेपालका हालत यहि हुने थिएन मानिसहरुलाई खाडिको तातो हावा खान जान पर्ने थिएन् । यहि खाडिमा अथवा अन्य मुलुकमा जादा इन्टरनेट प्रविधिको विकाश हुदा र नहुदाको विगत र हालको अवस्था एक जना प्रदेशी दिपक रिजालको भोगाई जस्ताको तस्तै ।

सन् २००१ तिर जब म लहुरे हुने होडबाजीले मलेसिया आइपुगेको थिए त्यतिबेला नेपालमा मोबाइल फोन धनीमानीमा गनिने सिमित ब्यक्तिको हातमा कताकतीमात्र देखिन्थ्यो। मलेसियाबाट घरमा चिठी पठाउदा ३ महिनामा बल्ल जवाफ आउथ्यो जुन जवाफी चिठी २ र ३ महिना अगाडि लेखिएको भएपनि अहिलेको भिडियो कलमा बोलेको जस्तै ताजा महसुस हुन्थ्यो। करीब मलेसिया आएको १ वर्षपछी नोकिय १२०० मोडेलको सेकेण्ड ह्यान्ड मोबाईल त्यो पनि २ जनाले आधाआधा पैसा लगाएर किन्दा आफुले आफुलाइ प्रधानमन्त्री अथवा रास्ट्रपति भएको जस्तो अनुभव गरेको थिए। तिन चार महिनामा त्यो मोबाईल बिग्रेर गयो त्यतिबेलाको मोबाइलको कहानी खतम भयो। पल्लाघरको दाइले लेखिदिनुभएको जवाफी चिठी तिन चार वटा आयो ३ वर्षको अबधिमा त्यतिमात्र हो त्यतिबेलाको संचार। २००४मा नेपाल फर्केर जादा पनि फोन किनेर लगिएन ताकी चलन नै थिएन।

करिब २ वर्ष नेपाल बस्दा यहाको ३ वर्षको कमाइ सकिएर पनि केहि ऋण लाग्यो फेरि२००६ मा यहि मलेसियातिर लाग्नुपर्यो।

त्यतिबेला गाउँमा पनि कसैकसैको हातमा मोबाइल परिसकेको थियो, चिठी र फोन बराबरी रुपमा चल्यो घरमा। सायद२००९ सम्ममा ४.५ पटक फोनमा आमासँग बोल्ने अवसर पाए त्यहि पनि के के नै बिकास भयो जस्तो अचम्म लागेको थियो। २००९ मा नेपाल फर्कदा मैले पनि एउटा नोकिय कै मोडल त ख्याल गरिन मेमोरी लाग्ने, केही फोटो खिच्न मिल्नेखालको फोन किनेर फर्के। तर त्यतिबेला त्यस्ता गाना घन्कने चाइनिज मोबाईल गाउँघरमा धेरैले चलाइरहेका रहेछन्।

फेरि नेपालको अवस्था त्यही नै हो दुई तिन वर्षको अबधिमा मलेसियामा ३ वर्षमा कमाएको रकम सकियो फेरि २०१३ लाग्ने बित्तिकै यहि मलेशिया आउन पर्यो।
अहिले घरमा मोबाइल फोन छ, यहाँ आएको एक महिनामै फोन किनेर घरमा फोन सम्पर्क भयो चिठी लेख्ने चलन हरायो। एउटा पनि चिठी लेखेको छैन यो पटक।
अचम्मको कुरा त के छ भने शुरुको ३ वर्षमा ३ र ४ वटा चिठिले सम्पर्क पूरा भएको मेरी बुढी आमालाइ अहिले प्रतेक दिन बेलुकी सुत्ने बेलामा भिडियो कल गरेर एक अर्काको अनुहार हेरेर गफ नगरी निन्द्रा नलाग्ने भैसकेको छ। यो सबै बिज्ञानको चमत्कार होइन र ?

मोबाइल फोनले धेरैलाई बिगार्यो भनेर नकारात्मक टिप्पणी नभएको होइन, तर उपयोग गर्ने तरिकामा भर पर्दछ। फलानाको छोरी मोबाईलमै लव परेर पोइला गै, ढिस्कनाको बुढी काखको नानी छोडेर फेसबुकमा लव परेको केटासँग भागी भन्छन्, यो चलाउने तरिकामा भर पर्दछ। अरुले जुन लक्ष्य लिएर मोबाईल चलाएपनी मेरो लागि भगवानको आशिर्वाद पाएको जस्तै अनुभव भएको छ। अरुले नेट चलाएर खर्च गरेका होलान् तर मैले नेट चलाएर केही कमाएको छु जस्तो लाग्दछ। म मलेसिया आएदेखि देखि मलेसियामै हुदाको अबधिमा यति चमत्कारिक संन्चारको बिकास भएको छ भने म कसरी यस्ले मान्छे बिगार्यो भनेर मान्न सक्छु र ?
इन्टरनेटको प्रयोग बुझ्नेलाइ श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड ।

Please share us on:

तपाईको प्रतिक्रिया