पूर्वगृहमन्त्री घिमिरेको शव अझै भेटिएन, अब सतहमा खोजी गरिने
काठमाडौं,कात्तिक २२
डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ ।
जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार तथा खोजीका लागि २५ जनाको गोताखोर परिचालन गरिए पनि नभेटिएपछि पानी बाहिरको सतहमा खोज्न थालिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीका अनुसार...
