फिफा वरितामा नेपाल १७५ औँ स्थानमा , ६ स्थान माथि उक्लियो
फिफा वरितामा नेपालले सुधार गर्दै ६ स्थानमा माथि उक्लिएको छ । जनवरीमा जारी गरिएको वरियातामा नेपाल अघिल्लो महिनाभन्दा ६ स्थान माथि उक्लिदै १७५ औँ कायम रहेको हो ।
दक्षिण एसियमा तेस्रो स्थानमा रहेको नेपाल भुटान भन्दा एक स्थान माथि रहेको छ । पछिल्लो समय खेल मिलोमतोमा कप्तान लगायत केहि खेलाडी कारबाहीमा परेपछि नेपाली फुटबलको इतिहास नयाँ चरणमा प्रवेश गरेको छ भने खेल पनि सुधारिएको छ ...
