मुग्लिन नाराणगढ सडक खण्ड शनिबार दिनभर खुल्ला रहने
चितवन,
मुग्लिन नाराणगढ सडक खण्ड शनिबार दिनभरी खुल्ला रहने सडक डिभिजन कार्यलय भरतपुरले जानकारी दिएको छ । माघि पर्व तथा देवघाटमा लाग्ने कुम्भ मेलालाई मध्यनजर गर्दै यात्रा सहजताको लागि सवारी साधनलाई विनारोधतोक आउजाउ गर्ने व्यवस्था गरेको हो ।
यसअघि दैनिक ४ घण्टा सवारी साधनलाई रोकेर काम गर्ने गरिएको थियो । मुग्लिन नाराणगढ सडक खण्ड विश्व बैँकको २ अर्व ९० करोड ऋण सहयोग निर्माण हुन...