अखिल,
उप प्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले सुन तस्करीको विषयलाई बहसमा ल्याउन नहुने कुरा बताएका छन् । सुन तस्कर जो भए पनि सिआईबीले बाहिर ल्याउने र सिआइवी सक्षम रहेको पनि जानकारी दिएका हुन् । सिआबीलाई आवश्यक पर्ने सम्पुर्ण सामान सरकार उपलब्ध गराउन सक्षम रहेको पनि बताएका हुन् ।
गृह मन्त्रीले यसो भनिरहदा आम मानिसमा कस्तो खाले सन्देश जाने हो उनले सोचेका छन् कि छैन्न । देशको एक मात्र अन्तराष्ट्रिय विमास्थल जहाँ दैनिक तस्करहरुको सामान ओहोर दोहोर हुन्छ । ५ ÷ ७ के जी सुन त दैनिक आउ जाउ हुन्छ तर तर एकै चोटी ३३ केजी सुन प्रक्राउ पर्दा सुन तस्कहरुको निद हराम भएको हो ।
आम मानिसहरुको सोचाई के विकशित हुदैँ गएको छ भने सुन तस्करमा कतै नेपालकै ठुला नेताहरुको त हात छैन् । होईन भने यति ठुलो मात्रामा सुन पक्राउ पर्दा पनि बहसको विषय नबनाउ आग्रह गरिन्छ । यहि मेसोमा भुत पूर्व मन्त्रीहरुको नाम सञ्चार माध्यममा आईरहेको छ । वास्तविकता के हो यस बारे पनि सरकार मौन रहेको छ । सत्य तत्य जान्ने अधिकार जनतामा छ कि छैन् गृह मन्त्री ज्यू । सुन तस्करको जालो नेपालमा बलियो गरि जरा गाढेर बसेको छ भने आम मानिसले भन्न पाउने कि नपाउने अनि यसलाई रोक्न के गर्न पर्छ भने बहस गर्न पाउने कि नपाउने यो कुरा पनि जनतालाई भनिदिएको भए राम्रो हुने थियो ।
नेपालमा राजनिति गर्ने र सरकार सञ्चालन गर्ने दलहरुले विमानस्थलमा हुने तस्करहरुलाई साथ दिएको जस्तो भान हुन थालेको छ । यत्रो काण्ड हुदा पनि सबै दल र सत्ता सञ्चालक दलहरु चुपचाप बसिरहेका छन् ,। अझ सरकारमा रहेका गृहमन्त्री जस्तो गरिमामय पदमा पुगिसकेका व्यत्तिले बहसको विषय नबनाउन आग्रह गरिन्छ भने यसको सन्देश के दिन खोजेको हो । यसबाट जनताले के बुझने ?
कतै हिसाब किताबको बारेमा सहमति हुन नसक्दा सुन काण्ड बाहिर आएको पनि हुन् सक्छ । नेपाल प्रहरीको कुनै भरोसा नै छैन् पैसा पाएपछि नेपालमा जे पनि हुन्छ । अझ राजनैतिक आडमा प्रहरीहरु नै तस्करको काममा सरिक भएका खबरहरु आइरहदा पनि सबै चुपचाप रहेको पाइन्छ ।
कति काण्डहरु चर्चामा आउछन् सेलाउछन् । बाहिर मिडियाले खुब फुक्छ अनि मिडिया पनि थाक्छ र सेलाउछ । विस्तारै लेनदेनको विषय मिल्छ अनि सबै चुपचाप । सायद यहि प्रक्रिय त होइन् सुन काण्ड । प्रहरीहरुविचमा नै हिसाब किताब नमिलेपछि सुन काण्ड बाहिर आएको भित्रि सुत्र बताउछ । सुन काण्डमा ठुला मानिसहरु फुत्किन्छन् तथा साना मानिसहरु सजयको भागिदार हुन्छन् । यो काण्डमा पनि यहि हुने सम्भावना बढेर गएको भान हुन थालेको छ ।





