अर्घाखाँची,
नेकपा माओबादी केन्द्रका नेता तथा उर्जा मन्त्री जनार्दन शर्मा अर्घाखाँचीबाट लखेटिएका छन् । साहारा शान्ति युवा क्लबले आयोजना गरेको पहिलो कृषि औद्योगीक व्यापार मेलामा प्रमुख अथिति बनेर गएका थिए । व्यापार मेलामा अर्का अथिति माओबादी केन्द्र कै अर्का नेता डिलाराम आर्चायले बोल्ने क्रममा ५ नं. प्रदेश विभाजन सहि छ र यो जनताको माग हो भनेपछि उपस्थित स्थानियले मञ्चमा ढुङगा मुडा गरेका थिए ।
मन्त्री शर्माले बोल्नै नपाई हुलदङगा हुन थालेपछि प्रहरीको कडा सुरक्षा घेराबाट शर्मा बाहिरएका थिए भने प्रहरीले ने उनलाइ हेलिकप्टरमा राखेर पोखरा पथाएको छ । अहिले सो स्थानमा सेना परिचालन गरिएको छ ।
अर्घाखाँचीबाट नै प्रतिनिधित्व गर्ने सांसद टोप बहादुर रायमाझि र दुमन सिहं थापा भने अनुउपस्थित थिए । हुलदङगा गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





