खबर कर्नर, भदौ ७
सरकार र लोकमानको कुरा मिल्ने बित्तिकै लोकमान नियूक्तीको फाइल भेटिएको छ । सर्वोच्चले फाइल माग्दा भुकम्पमा हराएको भनिएको फाइल एकाएक फेला परेको हो । फेला परेको फाइल शुक्रबार नै प्रधानमन्त्री तथा मन्त्रीपरिषदले सर्वौच्चलाइ खामबद्ध गरेर पठाएको हो । सर्वौच्च स्रोतकाअनुसार फाइल शुक्रबार नै चाहिने कागजजात सहित पुगिसकेको छ । केहि समय अघि सर्वौच्चले लोकमान नियूत्तिीको विषयमा कुरा यठाएपछि अनेक बाहाना बनाउदै पन्छिन्दै आएका लोकमानले शुक्रबार सर्वौच्चलाइ सक्कली फाइल पठाएको हो ।
केहि समय अघि नियुक्तिको विषयमा कुरा उठाएपछि लोकमानले माओबादीलाई तर्साउनको लागि शान्ती कोषको पैसा दुरुपयोगका पत्रकारे सम्मेलन मार्फत जानकारी दिएका थिए । अहिले दुबै कुरा मिलेर शत्ति सन्तुलनमा आएपछि स्थिति सामान्यतर्फ अगाडि बढेको हो ।
अब लोकमानको नियुक्तिलाई लिएर सुनुवाइ हुने भएको हो ।