असोज ३,
भारतको गुवाटि, आसाममा जारी ६४ औं बोर्डोलोइ ट्रोफीको भर्खरै सम्पन्न खेलमा नेपालको थ्री स्टार क्लबद्वारा भारत बाराक फ्लमिङोज एफसी ६-१ ले पराजित भएको छ । गुवाटिको नेहेरु रङशालामा भएको खेलमा नेपालले निकै नै राम्रो खेल खेल्दै पहिलो खेलमा नै जित हासिल गर्न सफल भएको हो ।
थ्री स्टारले ४ औं, २१ औं, ३९ औं, ५१ औं, ७३ औं र ७९ औं मिनटमा गोल गरेको थियो । थ्री स्टारको लागी मार्टिन्स्, बिजय धिमाल, निराजना खड्का, बुद्ध चेम्जोङ्, सुनिल बाल र बिक्रम लामाले गोल गरेका थिए भने बाराकको लागी अवाङ्ले ४३ औं मिनटमा गोल गरेका थिए ।
सेप्टेम्बर ३० सम्म चल्ने यो प्रतियोगितामा थ्री स्टारले आफ्नो अर्को खेल ओइल ईन्डियासँग २३ सेप्टेम्बरमा खेल्नेछ ।